वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

No description available.
जाजरकोट । वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतको आयोजनामा ९ दिने वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटका संयोजक सुरेश थापाले जानकारी दिए ।

No description available.

सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोटका जम्मा ३१ जना महिलाहरुलाई उक्त तालिम दिईनेछ । सिकेर गाउँ फर्केपछि समुह, सहकारीका सदस्यहरुलाई उक्त तालिम दिईने थापाले बताए । तालिमको प्रशिक्षक ग्रामीण वित्त विज्ञ तर्कराज जोशी रहेका छन् ।

No description available.

तालिम उद्धघाटनमा आशा परियोजनाका जिल्ला कार्यक्रम संयोजक शुसिल पोखरेल, ग्रामीण वित्त अधिकृत खेमराज भट्ट, कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटका संयोजक सुरेश थापाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया