‘हामीले काँग्रेस प्रवेश गरेका होइनौं, गलत प्रचार गरिएको हो, हामी माओवादी नै हो’

जाजरकोट । केही दिन अघि भेरी नगरपालिका १ पिपे, मैदेबाट धेरै जनाले माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको भन्दै सामाजिक सञ्जाल र केही मिडियामा चर्चाको विषय बन्यो ।

माओवादी केन्द्रको गढ मानिने ठाउँमा माओवादी गढ भत्कियो भन्दै धेरैले प्रचार गरे । तर प्रवेश गरेका भनिएका धेरैले काँग्रेस प्रवेश नगरेको भन्दै एक विज्ञप्ती सार्वजनिक गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘यस रक्तरन्जित भुमिका हामी तपशिलका व्यक्तिहरुलाई कार्यक्रममा बोलाई, विभिन्न प्रलोभनमा नेपाली काँग्रेस प्रवेश गरेको भम्र सिजर्ना गरी हाम्रो विचार तथा स्वतन्त्रता माथि गम्भीर आँच आउने गरी तथा कथित नेपाली काँग्रेसमा प्रवेशको भ्रामक प्रचार गरिएको प्रति हाम्रो गम्भीर आपत्ती रहेको छ ।

तसर्थ हामी तपशिलका व्यक्तिहरु हाम्रो गौरवशाली पार्टीमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र मै रहेको कुरा आम जनतामा जाहेर गर्दछौं । यस खालका गलत प्रचार तथा भ्रामक स्थिती सिर्जना गरी हाम्रो व्यक्तिगत तथा वैचारिक स्वतन्त्रतामा आत्म सम्मानमा आघात पुर्याउने खालका गतिविधी नगर्न खबरदारी गर्दछौं ।’

मनिराम परियार,डिल्ली परियार, दिपक बस्नेत, यज्ञबहादुर राना, सशिराम राना, खीमबहादुर खत्री, शंकर नेपाली, भीउसन राना, पटविर दमाई, डिलसरा नेपाली,नन्दे कामी, चन्दे कामी, सुरेश खत्री, बासुदेव शाही, दलजित राना, गणेश राना, देविलाल रावत लगायतका व्यक्तिहरुले काँग्रेस प्रवेश नगरी माओवादी केन्द्रमै रहेको बताए ।

No photo description available.

तपाईको प्रतिक्रिया