जाजरकोटका डिएसपी थापाको सरुवा

जाजरकोट । जाजरकोटका प्रहरी प्रमुख एवं डिएसपी मधुकुमार थापाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यायलले थापा सहित २५ डिएसपीको सरुवा गरेको हो । थापाको बागमति प्रदेश कार्यालय मकवानपुर हेटौडामा सुरुवा भएको छ ।

अव अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत सन्तोष निरौला जाजरकोट डिएसपीका रुपमा आउने छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

 

 

तपाईको प्रतिक्रिया