
जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जाजरकोटको दोस्रोपूर्ण बैठक सम्पन्न भएको छ ।
पत्रकार महासंघ जाजरकोटको सभाहलमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सदस्य मनबहादुर रावलको प्रमुख आतिथ्यतामा संगठनको दोस्रोपूर्ण वैठक सम्पन्न भएको हो ।
संगठन विस्तार, पालिका वाइज जिम्मेवारी बाँडफाँड, निर्वाचन केन्द्रीत सञ्चार माध्यमको उपयोग, सूचना तथा तथ्यांक अद्यावधिक, निर्वाचन आचारसंहिता, सूचना डेस्क स्थापना, वडास्तरीय रिर्पाेटिंग, क्रियाशिल सञ्चारकर्मी संग अन्तरक्रिया, प्रेस सेन्टर र तत्कालिन क्रान्तिकारी पत्रकार संगठन वीच मर्ज लगायतका विषयमा वैठक केन्द्रीत भएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जाजरकोटका संयोजक लोकेन्द्र विक्रम शाहीले जानकारी दिए ।
शाहीले दिएको जानकारी अनुसार जिल्लाका सात वटै पालिकामा सूचना डेस्क स्थापना गरिने निर्णय भएको छ । आगामी निर्वाचनमा पार्टीको प्रचारप्रसारमा सहयोग पुग्ने हेतुले सूचना सञ्चार डेस्क राख्ने निर्णय भएको संयोजक शाहीले बताए । यस्तै, वैठकले सात वटै पालिकामा चुनावी ईन्चार्जहरु तोकेको छ ।

जसअनुसार, कुशे गाउँपालिकामा रमेश पौडे्ल, छेडागाड नगरपालिकामा वीरबहादुर बुढा, जुनीचाँदे गाउँपालिकामा विजय बस्नेत, भेरी नगरपालिकामा सन्देश आचार्य, अजय शर्मा, नलगाड नगरपालिकामा सञ्जय केसी, बारेकोट गाउँपालिकामा कालीबहादुर नेपाली र रमेश घर्तीलाई तोकिएको छ ।
वैठकमा, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सदस्य मनबहादुर रावल, केन्द्रिय सदस्य गगनबहादुर खड्का, प्रदेश उपाध्यक्ष ढकवीर राना, जिल्ला संयोजक डम्बरबहादुर रावतको उपस्थिती रहेको थियो । यस्तै संगठनका प्रदेश कमिटी उपाध्यक्ष देवका लामिछाने, सचिव युद्धजित शर्माको उपस्थिति रहेको थियो ।
















































। ७ चैत्र २०७८, सोमबार