
जाजरकोट । जुम्ला जोड्ने सडक खण्डको स्तरउन्ततीका लागि बजेट बिनियोजन गरिएको छ । सदरमुकामबाट पाँचकाटिया सम्मा स्तरउन्नतीका काम जारी रहेको बेला पाँचकाटिया –व्याउली ढुंगा सम्मा सडकको स्तरउन्नती गर्नका लाागि रु ५० करोड सुनिश्चित गरिएको हो । बहुवर्षे ठेक्का मार्फत सो काम गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमण तथा मुल्यांकन महाशाखाका सिडिइ शुभराज न्यौपानेले जानकारी दिनुभयो । यो सडक अहिले कच्ची कटान भएको छ ।
बहुवर्षे ठेक्का मार्फत जाजरकोटबाट जुम्ला सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमण तथा मुल्यांकन महाशाखालाई पत्र पठाएको छ ।
तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन महाशाखाले सडक विभागलाइ पत्राचार गरेको छ ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह आग्रहमा सो बजेट सुनिश्चित गरेर तत्काल गर्न पठाएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमण तथा मुल्यांकन महाशाखाले जानकारी दिएको छ । चार वर्ष अघि देखि कच्ची कटान जारी रहेको उक्त सडकमा अब स्तरउन्तीको काम निरन्तर हुन लागेको छ ।
अबको केही दिनमा बोलपत्र खोलेर काम अगााडी बढाउन लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्व झाले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ माननीय पुर्वमन्त्री शक्ति बस्नेतको गतीमा सबैले काम गरेमा जाजरकोटमा विकासको लागि धेरै चिन्ता दिनुपर्ने अवस्था छैन । भलादमी र मिलनसार भएर सबैसँग सहकार्य गरी जिल्लाको विकासमा लाग्नुभएको छ , खुसी लग्छ ।’ यही सडक खण्ड भएर जुम्ला जानका लागि सुरुङ मार्गको सम्भाव्यता समेत जारी रहेको छ ।
जाजरकोट – जुम्लाका लागि छिटो र छोरो मार्गका रुपमा हेरिएको यो सडक खण्ड जाजरकोटलाइ विकासको मुलप्रवाहमा ल्याउने आशा गरिएको सडक समेत रहेको छ । जजारकोट खलंगा देखि पाँचकाटिया सम्मा काम समेत जारी रहेको छ । जाजरकोट –डोल्पा सडक , जाजरकोट – जुम्ला सडक , मध्यपहाडी लोकमार्ग र लुम्विनी –जाजरकोट हुँदै रारा जोड्ने समेत जाजरकोट भएर जाँदा सडकको मध्य भागमा जाजरकोट परिरहेको छ ।
यो पुर्वमन्त्री बस्नेतको चुनावी नारा समेत रहेको थियो । त्यस्तै मन्त्री बस्नेतकै सहजीकरणमा कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकासमन्त्री सिंहको पहलमा भेरी किनारमा बसेर पनि पानी पिउन नपाएका आम नागरिकको अभिलेख तयार गरी सो काम तत्काल गर्नका लागि पहल सुरु भएको जलस्रोत तथा उर्जाविकासमन्त्री सिंहका प्रमुख स्वकीय सचिव हेमन्त केसीले बताउनुभयो ।


















































। ७ चैत्र २०७८, सोमबार