
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा भएको मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय प्रथम भएको छ ।
बारेकोट साहित्य कला केन्द्रको आयोजनामा भएको हाजिरीजवाफ प्रतियोगितामा वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका विद्यार्थी सुवास शाही, नविन सिंह र नविन विकको टीम प्रथम भएको हो ।
यस्तै कालिका आर्दश माद्यामिक विद्यालयका रविन्द्र ज्योति, कविराज बुढा र खिमा बुढामगरको टीम दृतिय भएको छ ।
भगवती माद्यामिक विद्यालयका पारश नेपाली, दिपा रावत र सन्तोष नेपालीको टीम तृतिय भएको बारेकोट साहित्य कला केन्द्रका अध्यक्ष कालिप्रसाद थापाले जानकारी दिए ।

थापाले दिएको जानकारी अनुसार हाजिरीजवाफ प्रतियोगिता कालिका आर्दश माद्यामिक विद्यालय रामीडाँडामा रहेको थियो । कार्यक्रमको प्रायोजक एस.एम.एस कम्प्यूटर ईन्स्टिच्युटका प्रोपाईटर सुरेन्द्र पुन र मनिषा राना ( पुन) ले गरेका थिए । बारेकोट कला केन्द्रले शैक्षिक,साँस्कृतिक, प्राकृतिक लगायतका क्षेत्रमा काम गरिरहेको छ ।
















































। ४ चैत्र २०७८, शुक्रबार