
जगतिपुर । जिल्लाको भेरी नगरपालिका ११ मा ५२ जनाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
११ नं वडा कमिटीले आयोजना गरेको स्वागत तथा जनभेटघाट कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी ५२ जनाले प्रवेश गरेका हुन् ।
जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख ज्ञानी प्रसाद आर्चाय सहित १० जनाले सुर्खेतमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरुलाई स्वागत गर्न ११ नं वडा कमिटीले कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाली काँग्रेस बाट ४६ जनाले माओवादी केन्द्र रोजेका छन् भने नेकपा एमाले बाट ६ जनाले माओवादी प्रवेश गरेको प्रेस सेन्टर नेपाल जाजरकोट शाखामा उपाध्यक्ष सन्देश आचार्यले जानकारी दिए । जिल्ला समन्वय समिति उपप्रमुख एवं माओवादी केन्द्रका नेता ज्ञानीप्रसाद आचार्यको विशेष भुमिका रहेको थियो ।
उनले सैद्धान्तिक रुपमा साम्यवादी सिद्धान्त आफुलाई मनपर्ने र त्यसमा साम्यवादी सिद्धान्त माओवादीले मात्र लागुगर्ने देखिएपछि माओवादी केन्द्रमा आफुले प्रवेश गरेको बताए । उनले भने, ‘नेपालका अरु कम्यूनिष्ट पार्टी भन्दा माओवादीले साम्यवादी व्यवस्थाको लागु गर्ने भएकोले, माओवादी केन्द्रमा प्रवेश गरेको हुँ ।’

अव आफ्नो जीवनकाल माओवादी राजनीतिमै वित्ने नेता आचार्यले उद्धघोष गरे । राष्ट्रिसभा सदस्य एवं माओवादी केन्द्रका नेता मायाप्रसाद शर्माले नवप्रवेशीहरुलाई स्वागत गर्दै अवको चुनावमा सबै एकजुट भई लाग्न कार्यकर्तालाई अपिल समेत गरे ।
उनले भने, “आगामी निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको शक्ति बनाउन मतदान गरेर सहयोग गर्न म मतदाताहरुमा आग्रह गर्दछु ।”

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय पार्वती विक (शान्ता), कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर राना ( शान्त), प्रदेश कमिटी सदस्य पूर्वदेव शर्मा, ईमाश्वर देवकोटा, अखिल क्रान्तिकारी कर्णाली प्रदेश सचिव अटल आचार्य लगायत थुप्रै नेताहरुको उपस्थिती रहेको थियो ।
















































। ४ चैत्र २०७८, शुक्रबार