‘चुनावको विकल्प जनमत संग्रह रोजौं’

संसदीय चुनावको विकल्प वैज्ञानिक समाजवाद

नेपाली जनताले आफ्नो अधिकार, न्याय, स्वतन्त्रता, समानता, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता समृद्ध राष्ट्र निर्माणका लागि विभिन्न मुक्तिगामी आन्दोलनहरु गर्दै आएको र दशबर्षे महान जनयुद्ध गर्दै बलिदानको अग्रमोर्चामा नेपाली जनता रहदै आएका छन् ।

नेपाली जनताको परिवर्तनको मुल लक्ष्यमा दशबर्षे जनयूद्ध जनताको साहसपुर्ण संघर्स बाट भएको थियो । जनताको सपना राजतन्त्रको अन्त्य संसदीय व्यवस्थाको ध्वस्त र जनताको नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद सम्मको महान लक्ष्य सहितको आन्दोलन महान दशबर्षे जनआन्दोलन गरेका थिए ।

तर महान क्रान्ति विजयको स–निकट पुग्दै गर्दा नेतृत्वमा हुन आएको विचलनता जुन बेला प्रचण्डको अगुवाईमा चलिआएको जनयुद्ध दलाल पँुजीवादको सामु घुडा टेकेर सहिद तथा बेपत्ता परिवार घाइते अपांग साथै लाखौं जनताको सपना अन्धकारमा रुपान्तरण भयो ।

आन्दोलनले हासिल गरेको वैज्ञानिक समाजवादको गर्भ नेतृत्वको विचलनता र धोका बाट समाजवादको जन्म नहुँदै क्रान्ति प्रतिक्रान्तिमा ढल्यो । नेताको सपना ढल्यो सहिदहरुको सपना ढल्यो । क्रान्तिलाई गणतन्त्रको नाम दिएर भ्रम छरेर गणतन्त्रको अपहरण गरेर जनतालाई फासिस्ट शैलीमा दलाल पुँजीवादी शासन प्रणाली लादिएको छ ।

देशमा छिमेकी मुलुकहरुको सिमा अतिक्रमण विभिन्न लोभ र आशा छरेर देशमा गरिने राष्ट्रघाति सन्धि सम्झौता हाम्रो राष्ट्रियता माथिको हस्तक्षेप हो । देशका शासन प्रणाली सम्हालेका विभिन्न पार्टी संगठनका नेताहरुले गर्ने देश विकासका नाराहरु समृद्ध राष्ट्र निर्माणका नाराहरु उनीहरु र उनीहरुका नातेदार आफन्तको लागि मात्र भई जनताको लागि नारामा मात्र सीमित छ । भ्रष्टाचार अत्याधिक मौलाएको छ ।

देशका युवा विद्यार्थी बैदेशिक रोजगारको नाममा विदेशीको गुलाम हुनुपर्ने, देशमा रोजगार नपाएर सस्तो मुल्यमा श्रम बेच्नुपर्ने, हाम्रा छोरी चेलीहरु दिनहँु बलात्कारको सिकार हुनुपर्ने, नेपाली जनताहरु दिनहुँ ऋणमा डुब्नुपर्ने, शिक्षामा विकृति, विसंगति, लुटतन्त्र व्यापारिकरण हनु, जनताले निशुल्क स्वास्थ्यको नाममा सिटामोल समेत नपाउनु, स्वास्थ्यमा लापरबाही हुनु, ग्रामीणका जनताहरुको उपचार नपाएर निरन्तर मृत्युु हुनु , जनप्रतिनिधिले विभिन्न बहानमा विकास निर्माणको नाममा लुटधन्दा चलाउनु , गरिब उत्पीडित तथा श्रमजीवी वर्गका जनताको शिक्षा स्वास्थ्य रोजगार सुचना सञ्चार कुनैपनि ठाउँमा पहुँच नपुग्नु, सुकुम्बासीले जग्गा बस्ने बाँस नपाएर दिनहुँ दुख पाउनु गरिवीले भोकभोकै जीवन गुजारा गर्नु, जातिय विभेदको आधारमा विभिन्न घटनाहरु घट्नु, अझैपनि दलित भनेर अपहेलित हुनुपर्ने, जातिय आधारमा शासक वर्गको चपेटामा रहनु, यो सबै दलाल संसदीय व्यवस्थाको असली प्रबिधि चरित्र हो ।

पाँच बर्षअघि जनताको घरघरमा गएर बाँडेका सपना, बोलेका नारा हामीले प्रश्न गर्नुपर्नेछ । विभिन्न पार्टीका नाराहरु उनीहरुले कत्तिको पूरा गरे भन्ने कुरामा गम्भीर रुपमा बुझ्नुपर्छ ।

“सुखी नेपाली, समृद्ध नेपाल” का नाराहरु दिएर जनतालाई भ्रमित बनाएर दलालहरुले जनता र राष्ट्र लाई “दुखी नेपाली, कंगाल नेपाल” बनाएको यथार्थ छ । देशमा हावी भएको दलाल संसदीय व्यवस्थाले जनतालाई सुबिधाको नाममा जनताको पहुँच भन्दा टाढाको निर्माण योजनाहरु चलाएका छन् ।

जनताको घरमा खानाको लागि अन्न छैन् ,लगाउने कपडा छैन् ,नत आधारभुत आबश्यकता पूरा गर्नलाई पैसा नै तर जाजरकोट डोल्पा हुम्ला जस्ता विकट जिल्लाहरुमा जनप्रतिनिधिहरुले विकासको नाममा विभिन्न मन्दिर, चर्च, गुम्बा हरुमा अरबौं रकम हालेको अबस्था देखिन्छ ।

सडक निर्माणको नाममा विभिन्न गाउँगाउँमा डोजर आतंक गरेर जनतालाई दुख दिएको अबस्था छ । गाउँमा डोजर आतंक गरेपछि त्यो सडकमा खरबौं रकम लगानी गरेपनि त्यो सडकको स्तर कस्तो छ त्यहाँ मतलब हुदैन् आर्थिक अबस्था कमजोर भएका जनताले गाडी मोटर चढ्ने हैसियत राख्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा जनताले बुझ्नुपर्छ ।

त्यसैले चुनाब नजिकिदै छ । गाउँगाउँमा दलाल संसदीय व्यवस्थाका मतियारहरु छिर्दै छन् । भर्खरै मात्र जनताको आवाजलाई कुल्चिदै जनतालाई गोली , पानीका फोहोरा, असुर ग्याँस, लाठी, ढुङ्गा मुढा प्रहार गरेर भएनि संसदीय व्यवस्थाका मन्त्री सांसदहरुले मौन भएर जनताको आवाज देशै भरको आवाजलाई नसुनेर पैसाको लोभमा देशलाई साम्राज्यवादको उपनिवेश बनाइएको छ ।

त्यसैले विभिन्न भ्रम सिर्जना गरेर जनताबाट फेरि पनि चुनावमा भोट असुल्ने र जनतामाथि शासन गर्ने उद्धेश्य बाट विभिन्न पार्टी व्यक्ति चुनाव प्रचारमा आउदै छन् । यो कुरा जनताले बुझ्नुपर्छ दलाल संसदीय व्यवस्था भनेको “जनतालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था” दलाल संसदीय व्यवस्था हो ।

त्यसैले “जुनसुकै व्यक्ति पार्टी जो पुगेपनि जो व्यक्तिहरुलाई नेता बनाएर पठाएपनि संसदीय व्यवस्था जनताको हुन सक्दैन ।” त्यसैले जनताले यो दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाको निम्ति जनताले आवाज उठाउन जरुर छ । संसदीय चुनाव प्रणाली हैन त्यसको विकल्पमा अब “जनमत संग्रह” संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवादी व्यवस्था ठिक भन्नेमा जनमत संग्रह गर्न माग गर्नुपर्छ ।

त्यसैले जनताले आफ्नो अधिकार स्वतन्त्रता स्वाभिमान राष्ट्र राष्ट्रियता मौलिक हक अधिकार र समृद्ध नेपाल बनाउनको निम्ति वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।

अब नेपाली जनताले संसदीय चुनाव प्रणाली खारेज गर्नु र वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति जनमत संग्रहको निम्ती आवाज उठाउनु सचेत, क्रान्तिकारी उत्पीडित श्रमिक तथा सर्वहारा वर्गको कर्तव्य हो । त्यसैले हाम्रो एउटा भोटले दलालहरुलाई देश बेच्ने लाइसेन्स बन्न पुग्नेछ । त्यसैले संसदीय व्यवस्थाको चुनाव खारेजीको विकल्प छैन् ।

तपाईको प्रतिक्रिया