छोरीको सम्झनामा प्रअले दिए १० विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री


बारेकोट । छोरीको सम्झनामा एक प्रधानध्यापकले १० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँ स्थित जनता आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले आफ्नी छोरीको सम्झनामा १० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेको प्रअ नेपालीले बताए ।

उनले भने, ‘मेरी घरकी जेठी छोरी वितेको एक बर्ष पुरा भयो, छोरीको सम्झनामा १० जना विपन्न विद्यार्थीलाई शैक्षिक सागग्री वितरण गर्ने निर्णय गरेका छौं ।’ विपन्न विद्यार्थीलाई उक्त शैक्षिक सामग्रीले पढाईमा सहयोग पुग्ने विश्वास अभिभावकले लिएका छन् ।

प्रधानध्यापक नेपालीकी जेठी छोरी लक्ष्मी विकको २०७७ साल चैत्र ०४ गते त्रिभुवन माद्यामिक विद्यालय खलंगामा निधन भएको थियो । मृतक विक त्रिभुवन माद्यामिक विद्यालय खलंगामा कानुन संकायमा अध्ययरक्त थिईन् ।

तपाईको प्रतिक्रिया