भेरीमा बेपत्ता तीन जना बालबालिकाको शव फेला


सुर्खेत । सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ । भेरीगंगा नगरपालिका–१३, स्थित भेरी नदीको फरक–फरक स्थानबाट तीनै जना बालबालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हराएकामध्ये बिहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले बताए । उनले दुवै शवलाई साँझ पोस्टमार्टमका लागि मेहलकुना अस्पताल पु¥याएको जानकारी दिए ।

उनका अनुसार हराएकामध्ये लेकवेंशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढाको बुधबार नै शव भेटिएपछि पोस्टमार्टम गरिएको थियो । फागुन २८ गते (शनिबार) सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका हराएका थिए ।

तपाईको प्रतिक्रिया