प्रकाश सपुतको गीतमा डा.भट्टराईले दिएको प्रतिक्रियामाथि पुर्व छापामारको चिठी


आदरणीय कामरेड बाबुराम भट्टराई ज्यु
क्रान्तिकारी अभिवादन ।

अहिले सम्मत शरीरभरि गोलि बोकेर भौतिक रूपमा जे जेस्तो संर्घष गर्नु परेता पनि बैचारिक रूपमा एकदै आरमै रहेको खबर अबगत गराउन चहान्छु ।

त्यहाँ तपाईंलाई पनि बैचारिक रुपमा सकिएको खबर पाए पनि भौतिक रुपमा आरमै रहोस भन्ने कामना गर्दछु । किनकि म पुर्व जनमुक्ति सेनाको एक लडाकु हुँ बिगत जनयुद्ध देखि बर्तमान सम्म तपाईंको आरमीताको कामना गरिहेकी छु ।

आदरणीय कामरेड विशेष पत्र लेख्ने हामी लडाकुको निम्ति नविन खबर त केही छैन तर पनि शान्ति प्रक्रिया पछि लामो समयको अन्तराल पछि तपाईं संग बैचारिक भेट गर्ने जमर्को गरिरहेकी छु ।

आदरणीय कामरेड
तपाईंले आज सामाजिक संजालमा प्रकाश सपुतले गाएको पिर गितको सश्लेषण गरि यो कुरा सत्य हो भन्ने बिश्लेषण गरेर जुन स्टाट्स लेख्नु भएको रहेछ अनि मैले त्यो स्टाट्स पढे र मलाइ सारै पिर लाग्यो अनि मन खिन्न बनायो त्यसैले म तपाईंलाई प्रश्न गर्न चहान्छु । कामरेड आज तपाईं कहाँ हुनुहुन्छ ?

र के गर्दै हुनुहु्न्छ ? तपाईंलाई थोरै पनि लाज लाग्न छोडेको हो ? छोडेको हो भने पनि कामरेड हाम्रो लागि भए नि कपडा लगाउन नसके पनि सानो रुमाले लाज छोपेर हिड्ने गर्नुहोस् । किनकि हामी लडाकु हुनुको नाताले इमान्दारिताका साथ प्रतिष्ठा जोगाई राख्न चहान्छौ आदरणीय कामरेड ।

तपाईं जस्तो एउटा ब्यक्तिगत स्वार्थ पुरा गर्नका निमित्त हजारौंको बलिदानी, लाखौको समर्पण, करोडौंको संर्घषलाई लात मारेर पार्टी बदल्दै हिड्ने राजनीतिमा तपाईंले गरेको जस्तो व्यस्याबृत्ति चरीत्र हामी लडाकुले गरेका छैनौ यो कुरामा ध्यानाकर्षण गर्न चहान्छु ।

आदरणीय कामरेड जुन जनयुद्धमा मिठा सपना तपाईंले पनि बाड्नु भएको थियो तपाईंले कसरी भुल्नु सक्नु भयो ? तपाईंले लड्नु पर्ने अग्रिम मोर्चामा हामी लडिदिएका थियौ तपाईंले खानु पर्ने गोलि हामीले थापि दिएका थियौ र त आज तपाईं कुर्सिका लागि दौडि राख्नु भएको छ ।
आदरणीय कामरेड
आज तपाईं आफुले गरेको आन्दोलन र भएको परिवर्तनमा पश्चताप गरि रहुनु भएको छ । जुन कुरा हामीले देखि राखेका छौ । हिजोका ती भयानक चुनौती पारगरि लडेर ल्याएको ब्यबस्था माथि तपाईंको औला उठि रहेको छ । तपाई पछुतोको आगोमा जलि रहनु भएको छ । तर हामीलाई जो गरेको दुख र संर्घषमा एउटा पनि पछुतो छैन ।

हामीले गरेको दुख कष्ट्बाट हाम्रो देशको ब्यबस्था परिवर्तन भएको छ हामी गर्व गर्छौ । भलै हाम्रो जिवनस्तर परिवर्तन भएको छैन तै पनि हामी खुसी छौ र गलत प्रवृत्तिका विरुद्ध लडि रहेका छौ । मागेर खाएका छौ । पार्टी भित्र बाट भागेर गएका छैनौ पसिना बेचेर खाएका छौ इमेज बेचेर खाएका छैनौ ।

आदरणीय कामरेड
यदि तपाईं लाई जनमुक्ति सेना प्रतिको थोरै भएनि माया अर्थात दया थियो भने नेपाल सरकारको अर्थमन्त्री प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नु भएको थियो तर हामी लडाकुको निम्ति तपाईंले गरेको एउटा मात्रै काम के हो ? र आज के बोल्दै हुनुहुन्छ तपाईं आफैलाई थाहा छ नि ?

लडाकु महिलाले दुःखका दिन काट्नु संर्घष गर्नु बेदेशिनु यो दोष प्रचण्डको मात्रै हो ? यो जिम्मा तपाईंले लिनु पर्दैन । पर्दैन भने कसरी पर्दैन स्पष्टीकरण चाहिन्छ । प्रचण्ड पछाडिको लिडर हुनुको हैसियतले यो जिम्मा प्रचण्ड र तपाईंले बराबर लिनु पर्छ । आदरणीय कामरेड तपाईंको व्यक्तगत स्वार्थ पुरा नभए पछि पार्टी छोड्दैमा युद्धका समस्या बाट तपाईंलाई उम्कने सुविधा छैन । जनयुद्ध कालका हरेक राम्रो र नराम्रो कामको हिस्सेदार तपाईं पनि हो ।

आदरणीय कामरेड
तपाईंले हामीलाई दिएको आदर्शमय बिचारको पागल भएर हामीले कठिन दिनहरु बिताउनु परेता पनि बाटो भुलेका छैनौ तर तपाईं सुविधा खोज्दै ऐस आरमको जिवन बिताउने रहरमा आफ्नो बर्गलाई भुलेर सयौ कार्यकर्ताहरुको जिबनमा तुसारापगरि आलिसान महल खोज्दै हिड्नु भएको छ नि त्यसको मुल्य महँगो हुनेछ ।

पार्टी बदल्दैमा तपाईंले दिएको धोकालाई हामी छापामारहरुले सजिलै माफ गर्ने छैनौ गैरजिम्मेवारी पुर्ण अभिब्यक्ति दिदै हिड्ने छुट तपाईं लाई छैन र हामी छोड्दैनौ । हिजो तपाईंको सुरक्षाको निम्ति बोकेका बन्दुक तपाईं तिर पट्किन सक्छन हामी मरेर बाचेकालाई मर्न डर छैन कामरेड ध्यान दिनु होला । मानविय बम बनेर तपाईंकै अगाडि पट्किदा तपाईंलाई थाहा नहुन सक्छ तपाईंले नै सिकाएको युद्धकला हामी संग भरपुर मात्रैमा छ हामी माथि आइ परे जाइ लाग्न पछि हट्ने छैनौ हेक्का रहोस् ।

हाम्रो त्यो महान इतिहासलाई अर्थहिन ढंगले प्रस्तुत गर्ने कोसिस कसैले गर्छ भने हाम्रो हामीले रगतले लेखेको इतिहासलाई बचाई राख्न जति सुकै महङ्गो मूल्य चुकाउन हामी तयार रहेको खबर तपाईंलाई अबगत गराउन चहान्छु ।

परिवर्तनको यो युगमा पुगि सक्दा पनि महिलाहरुले गर्न सक्ने काम जति पनि भएकाले र जस्तो सुकै काम गरेर खान सक्ने महिलाहरुको क्षमता हुदा हुदै पनि शरीर बेचेर मात्रै खाना सक्छन भन्ने तपाईंको बुझाई प्रतिको मेरो घोर बिरोध छ र म खेद व्यक्त गर्न चहान्छु । नयाँ समाजको निर्माण गर्ने महान उदेश्यलाई भुलेर कम्युनिस्ट शव्दलाई उचारण गर्न नसक्ने बाटोमा हिड्नु भएका नेतालाई यो भन्दा धेरै लामो पत्र लेख्न चहान्न किनकि मेरो पत्रले तपाईंको मनमा प्राथमिकता पाउदैन त्यो पनि मलाई थाहा छ ।

तसर्थ जनयुद्धले सबै क्षेत्रमा पुरातनका विरुद्ध नविनताको उदघाटन र स्थापन गर्दै अगाडि बढिरहेको छ भन्ने कुराको आशा एवम् बिश्वासका फुलहरु फुलाउदै दौडि रहेको कलम यहि विश्राम गर्ने अनुमति माग्दै बिदा हुन्छु । हवस्त अभिवादन । #लालआवाज#

उही पुर्व लडाकु छापामार
राममाया हमाल (क.रमिता घाइते)
कर्णाली प्रदेश जाजरकोट नलगाड नगरपालिका दल्ली

तपाईको प्रतिक्रिया