६५ बर्षिया वृद्धको रुवाउने कथा : ‘पाँच छाक भोकै बसे, खाने एक मुठी चामल छैन्’

‘शरीर दुखेर भुँईमा निन्दा लाग्दैन्,ढाड दुखिरहेको छ, के गरी जिन्दगी कटाउने होला ?’

कालीबहादुर नेपाली
जाजरकोट  । उमेरले ६५ बर्ष नाघ्यो । कपाल फुलेर सेतै छ । गालामा च्याउरी परिसक्यो । चपाउन सहयोग गर्ने दाँतहरु झरीसके । भिजेको भुँईको सुताई । नौलाख तारा देख्ने त्रिपालमुनीको वास । खानाको जोहो गर्न अरुको मजदुरी । अरुले दिएको सहयोग सुरक्षित राख्न मुस्किल ।

बर्खामा नसुतेर कटे धेरै रात । हिउँदमा जाडोले थुरथुर । भिजेको सिरक, धुलोले भरीएको डस्न । रोएरै वित्छन् हरेक रात । यी सबै पीडा भेरी नगरपालिका ३ पिपलडाँडामा बस्ने ६५ बर्षिय वृद्धा सुकिला राह (च्यारु) को वास्तविक कथा हो । ४० बर्ष अघि जाजरकोटकी राजाको सहयोगीका रुपमा छेडागाड नगरपालिकाको झाप्रा बाट दरबार छिरेकी उनी अहिले एक्लैछिन् ।
१५ बर्षको उमेरमा राजाको साथमा रहेकी उनले विहे समेत गरिनन् । राजाको घरमा बस्ने, कपडा धुने, राजा सँगै घुम्ने गरेर उनको एक दशक विते । बाआमाको माया राजा बाट पाएकी थिईन् । राजाको निधन भयो । नेपालमा राजतन्त्र समाप्त भयो । त्यसपछि उनका दैनिकीहरु एक्लै वित्न थाले ।

राजाको मृत्युपछि राजाकै मायाले राजाको घर छोड्न सकिनन् । राजाकै घरको तत्लो तला उनी बसिन् । उनले भनिन्, ‘राजा साव वित्नुभयो, उहाँको मायाले मैंले खलंगा छोड्न सकिन्, घरमा भाई, दिदीहरु पनि छन्, त्यहाँ जाने मेरो मनले मान्दैनन्, राजाकै यादले म यहाँ बसेकी छु ।’
राजाको छोरावुहारी सँग कुरा नमिलेपछि उनले राजाको घर छोडेर त्रिपालमुनीको वास बसिरहेकी छन् । राजाको मायाले बसेकी (च्यारु) लाई अहिले दैनिक गुजरा चलाउन समेत मुस्किल परिरहेको छ । जागर चल्ने वेला सम्म अरुको काम गरेर दैनिक छाक टार्ने गरेकी उनलाई अहिले कसरी खानाको जोहो गर्ने भन्ने चिन्ताले सताईरहेको छ ।

भिजेको जमिन, खुल्ला त्रिपालमुनीको सुताईले उनी अहिले विरामी छन् । पुराना कम्मल,सिरक, डस्न धुन सक्ने ताकता नहुँदा महिला ( फोहोर) छन् । त्यही ओछ्याउँदै, ओढ्दै आएकी छन् । ‘पाँच छाक देखि खाना खाएकी छैन्, खाना पकाउने चामल छैन्, काम गर्न सक्ने सकिदैन्, उनले भनिन्, ‘ओछ्याउने राम्रो डस्न छैन्, जाडोले अहिले पनि शरीर दुखिरहेको छ, कसरी दिनहरु विताउने होला ?’

कसैले दिएको सहयोगले अहिले सम्म दिनहरु गुजारे, अब के खाएर बाँकी दिनहरु विताउने होला भन्दै दुखेसो पोखिन् । ‘विरामी पर्दा समेत उपचार गर्ने पैसा छैन्, एक्लै त्रिपालमुनी बस्छु, कसैले पैंचो दिईदैनन्, एक मुठो चामल छैन्’ उनले थपिन्, ‘खाने नुन समेत छैन्, कमाउन सक्ने क्षमता छैन् रुदै…….अव कहाँ जाने होला ?’ सानो त्रिपालमुनीको वासमा ल्याएको धेरै खानेकुरा स्यालले खाईदिएको छ ।

बर्खाको समयमा सर्पहरु पस्ने गरेको बताईन् । परिवारको माया पाएर बस्ने उमेरमा सुकिला राह ( च्यारु)को दैनिकी कष्टकर बन्दै गएको छ । हिउँको समय जाडोले काप्दै रात विताएको पीडा समेत सुनाईन् । सहयोगका लागि धेरै पटक स्थानीय सरकारमा समेत धाईन् उनको पीडा कसैले सुनेको छैन् । परिवार सँग रमाएर बस्ने उमेरकी उनी एक्लै रोएर रात कटाईरहेकी छन् । वास, गास र कपासको पीडामा उनका दैनिकी वितिरहेका छन् ।

यस्तो निकै कष्टकर जीवनयापन गरिरहेकी उनले तपाई हाम्रो सहयोगको खाँचो छ । वृद्ध आमालाई जति सकिन्छ त्यति सबैले सहयोग गरौं । उहाँलाई चामल,पिठो दिएर मात्र नभई उहाँको कतै व्यवस्थापन गर्न सके झनै राम्रो हुने देखिन्छ । एक्लै जीवनविताई रहेकी आमालाई तपाई हाम्रो खाँचो छ । सहयोग गरौं पुन्य कमाऔं ।

तपाईको प्रतिक्रिया