छेडागाडमा अस्थायी कर्मचारीको संयोजकमा लोकेन्द्र


जाजरकोट । छेडागाड नगरपालिकाको विभिन्न शाखा–उपशाखामा कार्यरत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको भेलाले आगामी चैत्र ५ गत्ते बृहत भेला गराई अस्थायी करार तथा ज्यालादारी कर्मचारी हकहित मञ्च गठनका लागि आयोजक समिति निर्माण गरेको छ ।

उक्त समितिको संयोजक सब–इन्जिनियर लोकेन्द्र महतारा र सह– संयोजक शेर बहादुर रावतको नेतृत्वमा २३ जना सदस्य रहेको आयोजक समिति गठन गरिएको हो । आम कर्मचारीहरुका जिम्मेवारीमा देखिएका समस्या तथा विविध विषयमा भेलामा छलफल गरियको थियो ।

झण्डै ५० जना सहभागी भएको भेलामा कर्मचारीहरुमा देखिएका समस्याका विषयमा लोकेन्द्र महतारा, रत्ना कार्की, मैनकला रावत, महेन्द्र बहादुर शाही, बिमल बि.क., लक्ष्मी बि. सी., बालकृष्ण खत्री, शेर बहादुर रावत, भुपेन्द्र खत्रीले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको अध्यक्षता वीर बहादुर महतारा र संचालन कृष्ण शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया