बारेकोट । नेकपा ( विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कर्णाली प्रदेश इन्चार्ज प्रेम शाहीले कांग्रेस प्रवेश गरेका छ्न् ।
नेपाली कांग्रेस बारेकोटले आयोजना गरेको जनभेटघाट कार्यक्रममा उनले विप्लव नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
उनलाई पार्टी सभापती वेदराज सिंह सहित अन्य नेताहरुले स्वागत गरेका छ्न् । यस्तै नेपाली कांग्रेस जाजरकोटले उनलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।
















































। २६ फाल्गुन २०७८, बिहीबार