समुदाय र प्रहरी वीच मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता

No description available.जाजरकोट । समुदाय र प्रहरी वीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा सञ्चालन गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यगत एकता, सेवाभाव, पारस्पारिकता , सहअस्तित्व , सहयोगी भावना, मेलमिलाप , र समुदाय प्रतिको उत्तरदायित्व उद्धेश्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) मधु कुमार थापाले जानकारी दिए ।

जसमा प्रथम स्थान शेरजङ्ग चन्द र राज बहादुर चौधरीले प्राप्त गरेका थिए भने दृतिय होमलाल नेपाली र महेन्द्र थापाको टिम, तृतीय मधु कुमार थापा र महेन्द्र भडेल क्रमशः नरेश भण्डारी र सन्तोष दर्लामी मगर भएका थिए ।

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिक र पूर्व प्रहरी कर्मचारीको तर्फ बाट महत्वपूर्ण योगदान गर्नु हुने स्थानीय कृष्ण मल्ल, जनक भडेल, र पूर्व प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाही लाई प्रशंसा पत्र बाट सम्मानित गरिएको थियो ।

त्यस्तै प्रहरी निरीक्षक खुमानन्द पाण्डे र प्र ना नि जीत बहादुर चौधरी समेत लाई प्रशंसा पत्र बाट सम्मानित गरिएको थियोे ।

मेलमिलाप सहअस्तित्व र पारस्पारिक भुमिका बाट मात्रै रास्ट्रसेवक कर्मचारी र नागरिकले सामाजिक हितका लागि कार्य गर्न सक्ने भएकोले यस किसिमको रचनात्मक र स्वस्थ मनोरञ्जनको लागि समुदाय र प्रहरी वीच मैत्रीपुर्ण ब्याडमिन्टनको डिएसपी थापाले बताए । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । खेल फागुन २२ र २३ गते सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया