छेडागाडमा एमाले प्रवेशको लहर, दर्जन कार्यकर्ताले एमाले रोजे !

May be an image of 4 people, people standing and outdoors
छेडागाड । जिल्लाको छेडागाड नगरपालिकामा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । आज ( आईतबार ) पार्टीले गरेको नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा एक दर्जन भन्दा बढीले एमाले प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी परित्याग गरी एक दर्जन बढी कार्यकर्ताले एमाले रोजेको जिल्ला कमिटी सचिव वीरबहादुर गिरीले जानकारी दिए ।

सचिव गिरीले दिएको जानकारी अनुसार, नेपाली कांग्रेसबाट धनबहादुर थापा, धनसिंह थापा, बिरबहादुर थापा, मानबहादुर नेपाली ,नदे महतारा, टीका कुमारी बुढा, ने क पा माओवादीबाट छेडागाड नगर कमिटी सदस्य तिलक शाही, टेकबहादुर शाही, कुमार शाही वाइसियल जाजरकोट सदस्य कमल शाही , अखिल क्रान्तिकारीका जाजरकोट सदस्य जनक शाही, लालबिर अधिकारी , जैसिंह चदारा, एकीकृत समाजबादीका शेरबहादुर थापा ,जयबहादुर कार्कीले एमाले प्रवेश गरेका छन् ।

May be an image of 10 people and people standing

तपाईको प्रतिक्रिया