
जिल्लाको शिवालय गाउँपालिकामा एक दर्जन बढी कार्यकर्ताले एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस,माओवादी केन्द्र सहित अन्य दलहरु बाट गरी एक दर्जन भन्दा बढी कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् ।
आज ( शनिवार) गरिएको पार्टीको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा एक दर्जन भन्दा बढी कार्यकर्ताले एमाले प्रवेश गरेको नेकपा एमाले जाजरकोटका सचिव वीरबहादुर गिरीले जानकारी दिए ।
काँग्रेसका वडा सचिव रामचन्द्र सिंह, माओवादी बाट हिमबहादुर घर्ती, शिक्षक संघ बाट राजु विक, दलबहादुर नेपाली सहित काँग्रेसका १ दर्जनले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
















































। २१ फाल्गुन २०७८, शनिबार