बारेकोटमा माओवादी केन्द्रको विगत, वर्तमान र भविष्य


बारेकोट गाउँपालिका कर्णाली प्रदेशको दुर्गम स्थानीय तहमध्ये एक हो । साविकका चार वटा गाविस सक्ला, रोकायगाउँ, नायकवाडा र रामीडाँडा मिलेर बनेको छ । जातीय हिसावले क्षेत्री, दलित, जनजाती, ठकुरी,बाह्रमण आदिको बसोबास भएको मानिन्छ । यस गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाहुल्यता भएको मानिन्छ । पञ्चायत कालमा पञ्च र मुखियाहरुले शासन गर्दै आएको र विशेष गरी वन सहायक मन्त्री दीपबहादुर सिंहको हाली, मुहाली भएको यर्थातलाई बारेकोटी जनताले भुल्न नसकेको कुरा पुरानो पुस्ताले सुनाउने गरेको भुल्न सकिदैन् । २०४६ सालको परिवर्तन पछाडी केही परिवर्तन आएपनि मुलत २०५२ सालपछि विद्रोह परिवर्तनको चेतनाको विकास भएको देखिन्छ ।

माओवादी पार्टी बन्नु पूर्व २०४९ सालको स्थानीय निर्वाचनमा साविकका सक्ला र अन्य गाविसमा जनमोर्चा बाट पूर्णबहादुर शाही, धनवीर कामी, रतिलाल रावत, लालबहादुर सिंह, धनबहादुर रोकाय र मनबहादुर बुढाले चुनाव लडेका थिए । जसमा पूर्णबहादुर शाही अध्यक्ष, धनवीर कामी उपाध्यक्षमा निर्वाचित भएका थिए । बाँकीले हार्नु परेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्रपछि विभिन्न निर्वाचन बारेकोटले गरेको भुमिका पनि उल्लेखनीय छ । २०७४ वैशाख ३१ गते भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्ष सहित ९ वटा वडा मध्ये चार, पाँच, छ, सात वडाका वडाध्यक्ष गरी जम्मा २५ जना जनप्रतिनिधी निर्वाचित भएका थिए भने बाँकी पाँच वटा वडामा केही वडा सदस्य सहित वडाध्यक्षमा हार्नुपरेको थियो । गाउँपालिका अध्यक्ष पदमा हार व्यहोर्नु परेको यर्थाततालाई हामीले भुल्न सक्दैनौं । जसमा नेपाली काँग्रेस २ हजार १ सय ४६, नेकपा माओवादी केन्द्र २ हजार १ सय २९ दोस्रो र नेकपा एमाले १ हजार १ सय ७ मतले तेस्रो भएको थियो ।

वैशाख ३१ गते जनप्रतिनिधीहरुको कार्यकाल सकिदै गर्दा २०७९ वैशाख ३० मा दोस्रो पटकको निर्वाचन हुदै गर्दा कुन पार्टीले बाजी मार्ला ? अनेक आंकलन, अड्कल बाजी हुदै गर्दा नेकपा माओवादी केन्द्र बारेकोट गाउँपालिका भित्रको सकरातत्क र नकरात्कम कुराको विश्लेषण हुन आवश्यक छ ।

नेकपा माओवादी केन्द्र बारेकोटमा अन्य पार्टी भन्दा राम्रो संगठन भएको पार्टी हो । गाउँपालिका उपाध्यक्ष चार जना वडाध्यक्ष सहित २५ जना जनाप्रतिनिधी निर्वाचित हुनु समान्य र मामुली कुरा होइन् यसको मतलव बारेकोट गाउँपालिका माओवादी केन्द्र बलियो छ भन्ने प्रमाण हो । संगठन राजनैतिक, वैचारिक, जनधारण, विकासका हिसावले निकै अगाडि छ यो अर्काे प्रमाण हो । जनताको पक्षमा यसो हुदै गर्दा गाउँपालिका अध्यक्षको पदमा नि हार व्यहोर्नु पर्यो् ।

यसका केही आन्तरिक र बाह्य कारणहरु छन् । जसमा मुल आन्तिरिक कारण प्रधान हुने गर्दछ । यसको कारण आफै भित्र खोज्नुपर्ने हुन्छ । जसका कारण र पात्रहरु उजागर भएका छन् र हुदै जाने छन् । पार्टीको अनुशासन नमान्नु, अनुशासनहिन हुनु, संगठानिक अराजकता, आर्थिक प्रलोभन, पार्टी संगठनलाई केन्द्रविन्दुमा राख्नुको सट्टा व्यक्ति केन्द्रित हुनु, आत्मकेन्द्रित, व्यक्तिवाद हावी हुदै जानु सबै पद आफुृले नै पाउनुपर्छ भन्ने धारणको विकास हुनु एक समस्या हो ।

सहिद परिवार पुराना कार्यकर्ता दुःख पाएका, जेलनेल खाएका, होल्टाइमर भएका कार्यकर्ताको संरक्षण गर्न नसक्नु अर्काे समस्या हो । जसमा केही अराजकता र निराशा हुन गयो । जसमा गाउँपालिका अध्यक्षको पदमा हार व्यहोर्नूपर्ने स्थिति आयो ।

माओवादी केन्द्र कसरी बलियो हुन्छ ?
विकास निर्माण बारेकोट गाउँपालिकामा अन्य पार्टी भन्दा माओवादी केन्द्रले विकास गरेको घमण्ड र गर्भका लागि भन्न सक्छ । खानेपानी, रोड, पुल भवनमा ठुला बजेत सहित नलगाड हाइड्रोपावरलाई लिन सकिन्छ । माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको जोठ बलमा नलगाड हाइड्रोपावर अगाडि बढेको र बारेकोट मात्र होइन् जाजरकोटको गौरव हो भन्ने कुरा लुकाएर लुक्दैन् । यो कुरा जनतालाई बुझाउन सक्नु जीतको अर्काे आधार बन्न सक्छ ।

संगठनामत्कम हिसाव : पार्टीको अनुसासन मान्नु जित्न सक्ने व्यक्तिलाई टिकट उपलब्ध गराउनु पर्ने हुन्छ । जुनसुकै व्यक्ति लड्ेपनि पार्टीको प्रतिनीधी हो भन्ने कुरा सबै कार्यकर्ता नेताले बुझ्नुपर्ने पार्टी भित्र हुने जुनसुकै अन्तरघातलाई रोक्ने, अन्तरघात हुन नदिनु, सबै कार्यकर्ता, शुभचिन्तक, पार्टीका उम्मेदवार हुन भन्ने कुरा बुझाउनु स्थानीय नातावाद, कृपावादको अन्त्य गर्नु आज बारेकोट गाउँपालिका नेकपा माओवादी केन्द्र भित्रको मुल चुनौती हुन् । आन्तिरिक कारण बाहेक बाह्य शक्ति बाट हराउन सक्ने तागत कसैको पनि छैन् ।

तपाईको प्रतिक्रिया