माघ महिनाको उत्कृष्ठ प्रहरी जवानमा चन्द


जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान शेरजङ्ग चन्द्रलाई माघ महिनाको उत्कृष्ठ प्रहरी जवान (police of the month) घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको कार्य सम्झौता २०७८ अनुसार तयार गरिएको मासिक कार्य योजना अनुरुप चन्दलाई घोषणा गरिएको हो ।

May be an image of 12 people, people sitting, people standing and outdoors

चन्द्रले समुदाय– प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, व्यवस्थापनमा समन्वय गर्ने, कोभिड १९ रोकथाम तथा न्युनिकरण गर्ने कार्यमा आफुलाई दिईएको जिम्मेवारी ईमान्दार, अनुशासित, कर्तव्यनिष्ठ एवं वफादारिका साथ कार्य सम्पादन गरी प्रशंसनिय कार्य गरेकोले सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै माघ महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरिएको डिएसपी मधुकुमार थापाद्धारा हस्ताक्षर गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

May be an image of 10 people, people sitting, people standing and outdoors

यस्तै, जाजरकोट जिल्ला भित्रका १९ जना प्रहरी कार्यालय सहयोगीहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । आफ्नो २४ बर्षिय जागिरको कार्यकालमा पहिलो पटक प्रशंसा पत्र बाट सम्मानित भएको ईलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत कार्यालय सहयोगी श्रीधर गिरीले बताए । सम्वत जाजरकोटमा कामको आधारमा प्रशंसा पत्रद्धारा सम्मान गरिएको डिएसपी थापाको नयाँ काम हो ।

तपाईको प्रतिक्रिया