अनेरास्ववियू जाजरकोटको अध्यक्षमा भारती


जाजरकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू जाजरकोटको अध्यक्षमा विवश भारती चयन भएका छन् । बुधबार भएको संगठनको १२ औं जिल्ला अधिवेशनले भारतीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा प्रकाशमान सिंह, सचिवमा महेन्द्र आचार्य, सह– सचिवमा गणेश सिंह, योगेन्द्र सिंह, रामु सिंह, छवि राना कोषाध्यक्षमा सम्झना थापा, महिला विभाग प्रमुख सहित ३३ सदस्सीय जिल्ला कमिटी गठन गरिएको अनेरास्ववियू जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया