नेपाल यूवा परिषद जाजरकोट र समाजसेवी जुहारीलाल सुनारद्धारा शैक्षिक सामग्री वितरण

No description available.

जाजरकोट । नेपाल यूवा परिषदद्धारा ६ सय ९ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरिएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ६ स्थित पाँच वटा विद्यालयका झण्डै ४ सय ४० विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विकले जानकारी दिए ।

No description available.

विकका अनुसार वडा नं ६ निर्मल ज्योती आधारभुत विद्यालय थाप्ला, वीरेन्द्र प्राथमिक विद्यालय भारगाउँ, कालिका आर्दश प्राथमिक विद्यालय गर्छिना, जनप्रिय प्राथमिक विद्यालय पिउँली र सिता प्राथमिक विद्यालय गराग्ली विद्यालयका विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको छ । झोला, भलिवल, नेट, पम्प, कापी, कलम, शुद्ध पानी पिउनको लागि ड्रम, फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने डस्विन,माक्स, ब्रस, कोल्केट, कुर्सीचार्ट गरी ५ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको विकले बताए ।

No description available.

नलगाड नगरपालिका भित्रका १३ वटै वडाको शैक्षिक गुणस्तर कमजोर रहेकोले सरोकारवालाहरुको ध्यान नपुगेको, दुर्गम पीछडिएको अति विपन्न तथा सीमान्तकृत वर्गका मानिसहरु बसोबास गर्नुका साथै अध्ययनरत विद्यार्थीहरुको पठनपाठन निकै कमजोर भएकोले सानो सहयोग बाट जीन्दगी बदल्न सक्छन् भन्ने मान्यताका साथ शैक्षिक सामग्री वितरण गरिएको संयोजक विकले हाम्रो पहुँचलाई जानकारी दिए ।

No description available.

तपाईको प्रतिक्रिया