
विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४२ करोडभन्दा धेरै भएको छ । यो खबर तयार पार्दासम्म कोरोनाका झण्डै ५ लाख ९४ नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ५ लाख ९७ हजार पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।
वल्डोमिटरका अनुसार ७ लाख २० हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३४ करोड ४६ लाख नाघेको छ । यस्तै २ हजार ५ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ८३ हजारभन्दा धेरै भएको छ ।
अझै पनि विश्वभर ७ करोड सक्रिय संक्रमित रहेकामा ८४ हजारको अवस्था जटिल रहेको र बाँकस्को अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।
















































। ६ फाल्गुन २०७८, शुक्रबार