नेताहरुको शवयात्रा गरेर एमसीसीको विरोध (फोटो फिचर)


जाजरकोट । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को बिरोधमा उत्रिएका राजनीतिक दलका कार्यकर्ताहरूले नेताहरूको शवयात्रा गरेका छन् ।

एमसीसी पारित गराउन खोज्ने नेताहरूको प्रतिकात्मक शव बनाएर शुक्रबार सदरमुकाम खलंगामा प्रर्दशन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) सहित अन्य राजनीतिक दलहरुले संयूक्त विरोध प्रर्दशन गरेका हुन् ।

No description available.

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो प्रतिकात्मक शवमा राखेर विरोध गरेका थिए । ठाँटीबजार बाट सुरु भएको विरोध जुलुुस तल्लो थाप्लेमा गएर कोण सभामा परिणत भएको थियो ।

No description available.

कोण सभालाई सम्बोधन गर्दै नेकपा भेरी नगर कमिटी हिमालले एमसीसी राष्ट्रको हितमा नभएको, दलालहरुले पास गर्दै छन् आम राष्ट्रप्रेमी जनसमुदाय एक हुने वेला आएको बताए । अहिलेका नेताहरुले एमसीसी पास गरेर देश बेच्ने रणनीति बोकेको समेत आरोप लगाए ।

No description available.

शुक्रबार प्रतिनिधी सभामा एमसीसी टेवल गर्ने सरकारको योजना अनुरुप जाजरकोटमा नेकपा (विप्लव) ले विरोध प्रर्दशन गरेको थियो । संसदमा एमसीसी शुक्रबार पनि टेवल हुन सकेन ।

No description available.

तपाईको प्रतिक्रिया