कर्णाली सरकारको प्रवक्तामा विन्दमान विष्ट


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोकेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

प्रचलित कानूनबमोजिम उत्तरदायीपूर्ण तरिकाले बहन गर्न निर्देशन दिँदै प्रवक्ता विष्टलाई मुख्यमन्त्री शाहीले बधाई समेत दिए ।

विष्टलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री शाहीले योजनामन्त्रीमा गत मङ्सिर १४ गते नियुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया