
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्मा एमसीसी टेबल भएर विपक्षमा मतदान गर्ने निर्णय गगरेको छ । बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेको हो ।
बैठकपश्चात गुरुङले सरकारमा रहने दलहरु सहमति नभइ प्रक्रिया अगाडि बढाउन नमिल्ने धारणा राखे । उनले एमसीसीमा रहेका सर्त संशोधन नगरी पास गर्न नसकिने पार्टीले निष्कर्ष निकालेको बताए। ‘यथास्थितिमा पास गर्न सकिँदैन। जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौं,’ उनले भने, ‘आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट बाहिरिनु हो ।’
उनले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार गर्ने निर्णय गठबन्धनको नहुने बताए । सरकारले जबर्जस्ती गरेर अगाडि बढे सरकारमा नरहने समेत गुरुङले जानकारी गराए। उनले भने, ‘सर्वदलीय सहमति नजुटेसम्म प्रक्रिया अघि बढ्न सक्दैन। कम्तिमा पनि सरकारमा रहेका दलहरुबीच सहमति हुनुपर्छ। सहमतिबिना गरिए गठबन्धनमा रहने र सरकारमा रहने कुरा हुँदैन। पाँच दलको सहमतिबिना सरकारको निर्णय हुन सक्दैन ।’
माओवादी केन्द्रका तीन निर्णय
सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दासम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ। माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशोधन समेत नभएकोले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो।
माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो। बैठकपछि माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने जानकारी गराए। जबरजस्ती एकलौटी गर्न खोजेमा गठबन्धन तोडिने र गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा नहुने बताए।
‘यथास्थितिमा पास गर्न सकिँदैन। जबरजस्ती गरे विपक्षमा मतदान गर्छौं,’ उनले भने, ‘आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ। गठबन्धन तोडिनु भनेको सरकारबाट बाहिरिनु हो।’ यी हुन् माओवादी केन्द्र संसदीय दलको बैठकले गरेका मुख्य तीन निर्णय :
















































। ४ फाल्गुन २०७८, बुधबार