नेकपा माओवादी केन्द्र बारेकोटका उपाध्यक्षले गरे काँग्रेस प्रवेश

May be an image of 7 people, people standing and outdoors
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बारेकोटका उपाध्यक्ष योगेन्द्र सिंह ( जलन) ले नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

सोमबार एक कार्यक्रमका विच सिंहले काँग्रेस प्रवेश गरेका हुन् । उनी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

May be an image of 5 people, people standing and outdoors

यस्तै, पूर्व जनमुक्ति सेना एवं माओवादी निकट मजदुर संगठनका जिल्ला अध्यक्ष शेरबहादुर सिंह, एमाले निकट यूवा संघ बारेकोटका अध्यक्ष सोमराज रावल, नलगाड नगरपालिका माओवादीका सक्रिय सदस्य चक्र बुढा, शिवराज खड्का सहित तीन दर्जन कार्यकर्ताले काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस जाजरकोटका प्रवक्ता छवि पन्तले जानकारी दिए । प्रवेशीहरुलाई नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया