
खलंगा । पछिल्लो समय नेकपा (विप्लव) जिल्ला संगठ समिति जाजरकोट उत्पादनमुखी कार्यमा जोड दिदै आएको छ । पार्टीमा आवद्ध कार्यकर्तालाई आत्मनिर्भर बनाउनका लागि पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला संगठन उत्पादनमा जोड दिन थालेको हो । केन्द्रीय कार्यक्रम अनुसार पार्टीको नेतृत्वमा कुशे गाउँपालिका ५ ढिमेमा तीन रोपनी जमिनमा आलु खेतीबाट उत्पादन कार्य सुरुवात गरेको छ ।
उक्त उत्पादन कार्यमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संगम आर्सी पार्टीका जिल्ला संयोजक अनत्त, जिल्ला कमिटी जाजरकोट सम्पुर्ण सदस्य तथा यस जिल्ला भित्रको पार्टी सम्पुर्ण नेता कार्यकर्ताहरु संग्लन भएको नेकपा (विप्लव) को जिल्ला संगठन समिति जारकोटले जानकारी दिएको छ ।

वैज्ञानिक समाजवादको परिकल्पना अगाडी बढेर नेकपा (विप्लव)ले पार्टी भित्र आवद्ध कार्यकर्तालाई उत्पादनमुखी बनाउने उदेश्यले पार्टी विभिन्न जिल्लाहरुमा उत्पान कार्यक्रममा जोड दिएको पार्टीका जिल्ला संगठन समितिका संयोजक अनन्तले बताए । उनका अनुहार ढिमेमा उत्पादन हुँदै गरेको आलु पार्टीमा आवद्ध कर्याकर्ताहरुले नै प्रयोग गर्ने छन् । उनले भने, सिङ्गो पार्टी अहिलेको प्रतिकुल अवस्थालाइ सदुपयोग गर्न सम्पुर्ण कार्यकर्ता प्रत्यक्ष श्रममा जोड दिदै आएको छौं ।
जिल्ला भित्र नियमित पार्टीको क्रान्तिमा खटिएका नेता कार्यकर्तालाई व्यवस्थापित र आत्मनिर्भर बनाउने मुख्य आधार भनेकै उत्पादन प्रणाली रहेको नेकपा (विप्लव) का केन्द्रीय सदस्य संगमले बताए ।

पहिलाको जस्तो मागेर पार्टी चलाउने अवस्था अहिले नभएको हुँदा पार्टीलाई श्रमजिवी वर्गका रुपमा स्थापित गर्नु पर्ने छ । समाजलाई एउटा अवस्थाबाट अर्को अवस्थासम्म लैजान अहिले प्रत्यक नेपाली उत्पादनमुसी बन्नु आवश्यक रहेको उनको भनाई रहेको छ ।
उनले थपे, ‘यो दलाल संसदीय व्यवस्था अन्त्यु हुनु जरुरी छ । यो व्यवस्थाको अन्त्य नभए सम्म मुलुकमा संकट परिरहेको कुरा यथार्त छ । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने कुरा प्रत्यक्ष उत्पादन प्रणाली जोडिएको कुरालाई मध्यनजर गर्दै हामीले पार्टीलाई उत्पादनमा जोड दिएका छौं ।’
नेपालमा वैज्ञानिक समाजवाद लागु गर्नका लागि उत्पादन प्रणालीलाई विशेष जोड दिनुपर्ने हुन्छ । उत्पादन प्रणाली नै सम्पूर्ण समाजको बलियो पक्ष हो । यही उत्पादन प्रणालीमा नै समाजका अन्य पक्षहरू अडेका हुन्छन् । त्यसैले प्रत्येक नागरिकले उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।
















































। १९ माघ २०७८, बुधबार