
खलंगा । जिल्ला प्रशासन कार्यालय जाजरकोटले माघमसान्त सम्म मानिसको भिडभाड हुने कुनै पनि कार्यक्रमहरु नगर्न अग्रह गरेको छ । हाल विश्वभरी फैलिएको कोरोनाभाईरस (कोभिड–१९) को रोकथाम गर्नका लागि गृह मन्त्रालायको मिति २०७८।१०।१६ गतेको निर्णयानुसार यस जिल्लामा पनि मानिसको भिडभाड हुने कुनै पनि कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
यस जिल्लाभित्र संचालन हुने हाटबजार, विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम लगायतका कार्यक्रमहरु माघमसान्त सम्म भौतिक रुपमा संचालन नगर्न र कुनै पनि कार्यक्रम वा तालिमहरु संचालन गर्नु परेमा भर्चुअल माध्यमबाट गर्नुपर्ने समेत प्रशासनले एक सुचना मार्फत आग्रह गरेको छ ।

















































। १७ माघ २०७८, सोमबार