अमेरिकाको पाँच वटा राज्यमा आपत्कालिन अवस्था घोषणा

USA flag with NYC skyline behind
अमेरिकाको पाँच वटा राज्यमा आपत्कालिन अवस्था घोषणा गरिएको छ । आँधीका कारण अवस्था जटिल बनेपछि न्यूयोर्क, न्युजर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनियामा आपत्कालिन अवस्था घोषणा गरिएको त्यहाँको सरकारलाई उदृत गर्दै बीबीसीले खबर लेखेको छ । आँधीपछि भारी हिमपात हुँदा विद्युत आपुर्ति ठप्प भएको छ ।

आँधीका कारण झण्डै ६ हजारभन्दा बढी उडानसमेत रद्द भएको खबरमा उल्लेख छ । भारी वर्षा र हिमपात भएकाले चिसो बढ्ने भन्दै त्यहाँका मौसमविद्ले सतर्क हुन पनि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया