
जाजरकोट । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो ।
यस्तै, जाजरकोटको प्रारम्भिक जनसंख्या १ लाख ८९ हजार ३ सय ६५ रहेको छ । केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजा अनुसार जाजरकोटमा पुरुषको ९३ हजार ७ सय ९५ रहेको छ भने महिलाको ९५ हजार ५ सय ७० रहेको छ । पुरुषको भन्दा महिलाको १ हजार ७ सय ७५ बढी छ ।
२०६८ सालमा जाजरकोटको जनसंख्या १ लाख ७१ हजार ३ सय ४ थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या वृद्धिदर ०.९६ रहेको छ ।
जाजरकोटमा घर संख्या ३४ हजार ३०९ पुगेको छ भने परिवार संख्या ३८ हजार ५४ रहेको छ । लैंगिक अनुपात ९८.१४, परिवारको औसत आकार ४.९८, जनघनत्व ८५ रहेको छ ।
स्थानीय तह अनुसारको प्रारम्भिक जनसंख्या :
बारेकोट गाउँपालिकाको प्रारम्भिक जनसंख्या २२ हजार ३ सय ३८ रहेको छ । जसमा महिला ११ हजार २८ रहेको छ भने पुरुष ११ हजार १० रहेको छ । भेरी नगरपालिकामा जम्मा ३८ हजार ३ सय ७० रहेको छ ।
जसमा महिला १९ हजार ७ सय ३४ रहेको छ भने पुरुष १८ हजार ६ सय ३६ रहेको छ । छेडागाड नगरपालिकामा जम्मा जनसंख्या ३८ हजार २७ रहेको छ । पुरुष १८ हजार ८ सय ५२ रहेको छ भने, महिला १९ हजार १ सय ७५ रहेको छ ।
जुनीचाँदे गाउँपालिकाको २३ हजार ८ सय २३ रहेको छ । पुरुष ११ हजार ९ सय ७९ रहेको छ भने महिलाको ११ हजार ८ सय ४४ रहेको छ । कुशे गाउँपालिकाको २३ हजार ५ सय १९ जम्मा जनसंख्या रहेको छ । पुरुष ११ हजार ६ सय ३६ रहेको छ भने महिला ११ हजार ८ सय ९३ रहेको छ ।
शिवालय गाउँपालिकाको जम्मा १४ हजार ७ सय २० रहेको छ । पुरुष ७ हजार २ सय ७० रहेको छ भने महिला ७ हजार ४ सय ५० रहेको छ । र नलगाड नगरपालिका प्रारम्भिक जम्मा जनसंख्या २८ हजार ८ सय ५८ रहेको छ । पुरुषको १४ हजार ४ सय १२ रहेको छ भने महिला १४ हजार ४ सय ४६ रहेको छ ।
















































। १२ माघ २०७८, बुधबार