
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको छ । श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पी. टोलीले लालभित्ति, शितलपुर खोला चुरे इलाकामा अवैध रूपमा प्रवेश गरेका ६÷७ जना समूहका मानिसहरूलाई पक्राउ गर्ने क्रममा सो अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको हो ।
ती मानिसहरू भने सामानहरू छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूबाट बरामद सामानमा गाँजा– ६ बोरा (करिब २०० के.जी., भरुवा बन्दुकको गोली, बारुद – २०० ग्राम, बम पटका –१६ (सोह्र)वटा, गन्धक–१÷२ के.जी., प्याकिङ डब्बा भएको सेफ सोली गोटा–१, लगायत छन् । बरामद गरिएका सामानहरू निकुञ्ज प्रशासनलाई बुझाएको सेनाले बताएको छ ।
















































। १२ माघ २०७८, बुधबार