
खलंगा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए ।
केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना संक्रमण हुन सक्ने भएकोले माघ १२ गते देखि अर्काे सूचना नआउन्जेल सम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाई छ ।
यस्तै, एन.आई.सी. एशिया बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टी भएपछि सेवा प्रवाहमा समस्या भएको एक कर्मचारीले जानकारी दिए ।
उनका अनुसार अरु कर्मचारीमा समेत ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएको र परीक्षण नभएको गुनासो गरे ।

















































। १२ माघ २०७८, बुधबार