
खलंगा । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका विरुद्ध जाजरकोटमा सोमबार बेलुका विरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेकपा ( एमाले) निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्यार्थी संगठनले जाजरकोटका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेका हुन् ।
विरोध स्वरुप उनीहरुले जिल्लाका विभिन्न स्थानमा र्याली निकाल्दै कोण सभाको आयोजना गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अनिरास्ववियुका केन्द्रिय सदस्य दिनेश गौतमले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।
‘अहिलेको शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले देशव्यापी रुपमा मुल्यवृद्धि गरेको छ । पछिल्लो १५ दिनमा मात्रै ३ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ ’ उनले भने ‘यसरी भएको मुल्य वृद्धिको कारण यो देशका मजदुर, किसान मारमा परेका छन् ।
यस्तै, महामारी भयावह सरकार यसको विषयमा संवेदनशिल नभएको , बजारमा सिटामोलको अभाव भएको र भारतले कालापानी, लिपुलेक हस्तेक्षप गर्दा समेत मौन बसेको आरोप लगाए ।
आज श्रम गरेर खाने वर्ग अहिले मृल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । ’उनले आफूहरुले पटक–पटक मुल्य वृद्धिका विरुद्ध आवाज उठाउदै आएको भएपनि सरकारले वेवास्ता गरेको बताए । मागको सुनुवाई नभएको आगामी दिनमा सशक्त रुपमा अगाडी बढ्ने सदस्य गौतमले बताए ।
राष्ट्रिय यूवा संघ नेपाल जाजरकोटका ईन्चार्ज विश्वविक्रम शाहले पछिल्लो बनेको गठबन्धन सरकारले मुल्य वृद्धि गरी गरिवी तथा विपन्न समुदायमा ठुलो असर पुर्याएको आरोप लगाए ।
तेस्तै यो सरकार स्थानीय चनाव को मिति नजिकै आउँदा पनि सरकार मोन बसेको, पाँच वर्ष अघि नै चनाव गाराउनु प्रतिगमन हो भन्दै जन्मिएको सत्ता गठबन्धन स्थानीय चनाबको बाटो छोडेर केन्द्रीय चनाव तिर लागेको आरोप लागाएका थिए ।
















































। ११ माघ २०७८, मंगलवार