
खलंगा । नेकपा (एकीकत समाजवादी ) निकट नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको अध्यक्षमा तिलक राना चयन भएका छन । संगठनको आज जिल्ला सदरमुकाम खलंगामा सम्पन्न पुनर्गठन भेलाले रानाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
भेलाले संगठनको उपाध्यक्षमा दिनेश कुमार रावल, महिला उपाध्यक्षमा धनसरा राना, सचिवमा भिम बहादुर वि.क, सहसचिवमा गणेश बहादुर रावत र कोषाध्यक्षमा प्रेम प्रकाश मल्ललाई चयन गरेको छ । त्यस्तै संगठनको सदस्यमा शेर बहादुर रावत, तुल्सीराज खड्का, लक्ष्मी कुमारी बुढा, पवित्रा थापा र खड्क बहादुर रावत रहेका छन । संगठनका कर्णाली प्रदेश समिति सचिव देव बहादुर बुढाले जानकारी दिए ।
भेलाबाट बीर बहादुर चन्द, पवन थापा, तारा प्रसाद खड्का, अमृता चन्द लगाएतलाई केन्द्रिय प्रतिनिधि चयन गरिएको बुढाको भनाई छ । तत्कालिन एमाले निकट कर्मचारी संगठनले पार्टी विभाजन भएपछि समानन्तर गतिविधि गर्दै आएको छ । पार्टी नेतृत्व जस्तै संगठनको तत्कालिन नेतृत्व पनि मनोमानी ढंगले चलेका कारण संगठन पुनर्गठन गर्नु परेको संगठनका नेता बीर बहादुर चन्दले बताए । पार्टी विभाजन भएपनि आफुहरुले संगठन विभाजन हुन नदिन धेरै पहल गरेपनि नेतृत्वको अहंकार र दम्भका कारण समानन्तर समिति गठन गर्नु परेको चन्दको भनाई छ । अहिले एउटै नाममा संगठनिक गतिविधि भएपनि नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारीको छुट्टै नाम रहने उनको भनाई छ ।
आज सम्पन्न भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसी, उपाध्यक्षहरु कमान खड्का र तप्त बहादुर हमाल, पार्टी प्रदेश तथा कमिटीका सदस्यहरु जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विसीले कर्मचारीहरुले सेवा प्रवाह र सेवा ग्राहीहरु प्रति गरिने व्यवहार बाट आफ्नो संगठनको पचिय दिनु पर्ने बताए । यो संगठनमा आवद्ध कर्मचारीहरुको कार्य दक्षता अरुको भन्दा फरक बनाउनु पर्नेमा जोड दिदै पेशागत सुरक्षाका लागि पार्टी सधै साथमा रहेको विसीको भनाई छ ।
















































। ८ माघ २०७८, शनिबार