
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको पनि नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताउनुभयो ।
बैठकमा एमसीसीको बारेमा बहस भइरहेको र त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको तथा कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जन सहित अघि बढ्ने कुरामा छलफल भएको पनि उहाँले बताउनुभयो ।
अहिलेको समसामयिक परिस्थितिको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्यका साथ बैठक बोलाइएको नेता महराले बताउनुभयो ।
















































। ८ माघ २०७८, शनिबार