कविता भित्र लुकेको गायन ( भिडियो सहित)


खलंगा । जिल्लाको बारेकोट गाउँपालिका २ कि कविता विक उमेरले अहिले २१ बर्षकी भईन् । उनी सानै उमेर देखि गीत संगीतलाई निकै माया गर्छिन् । उनको स्वर राष्ट्रिय स्तरमा नाम चलेको कलाकार भन्दा पनि कम छैन् ।

चार कक्षामा पढ्दा देखि नै विद्यालयको सांस्कृतिक कार्यक्रमबाट आफ्नो कलालाई स्टेजमा प्रर्दशन गर्न शुरु गरेकी विकले दुई दर्जन भन्दा बढी सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाएकी छन् ।

संगीत सिक्नु त परको कुरा हो संगीतको अर्थ सम्म थाहा नपाएकी विकले सबै गीतहरु गाउन सक्छिन् । विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई उनले विभिन्न पुरस्कार जितेकी छन् । कविताले गीत गाउँदा धेरैले चर्चित गायिका विष्णु माँझीलाई सम्झन् छन् ।

दर्शकहरुले कविता विकसंग पनि बिष्णु माँझीको जस्तै अतभुत क्षमता भएको महसुस गर्छन् । गीतहरु गाउँदा कतिपय दर्शकहरुको आँखा रसाएको हुन्छ । धेरैले भन्ने गर्छन् त्यो समधुर आवाज प्राकृतिले दिएको एक उपहार हो ।

गाउँमा गीत संगीत सिक्ने कुनै व्यवस्था नभएको र सहर पुगेर संगीत सिक्ने घरको आर्थिक अवस्था नभएको हुँदा कविताले संगीत सिक्न सकेकी छैन् । आर्थिक अभावका कारण आफुसंग भएको कलालाई लुकाएर बसेकी कविता गत श्रावणमा जिल्ला सदरमुकाम रहेको जाजरकोट खलंगा सम्म पुगेकी छन् ।

यहाँ पनि उनका लागि गीत संगीत सिक्ने कुनै अवसर मिलेको छैन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण संगीत सिक्ने अवसरको प्रखाईमा बसेकी विकको क्षमताको सही मुल्याङ्कन गर्ने अवसर मिलेको छैन् । संगीत सिक्ने र गीत रेकर्ड गर्ने अवसर मिल्यो भने एक सफल कलाकार बन्न सक्छिन् ।

उनले भनिन्, ‘घरको आर्थिक अभावले मैले प्रतिभालाई अगाडि बढाउन सकेको छैन्, धेरैले भन्नुहुन्छ, तपाईको स्वर राम्रो छ, घरको आर्थिक समस्याले प्रतिभालाई अगाडि बढाउन सकेको छैन् ।’ कतै बाट सहयोग पाएमा आफ्नो प्रतिभालाई देखाउन पाईन्थ्यो । कविता जस्तै लुकेर बसेका थुप्रै प्रतिभाहरुलाई स्थान दिन सके गीत संगीतको उचाई समेत बढ्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया