
खलंगा । नेपाली काँग्रेस जाजरकोटले सात वटै पालिका संयोजक तोकेको छ ।
पार्टीलाई बलियो, जन लेभलमा लोकप्रिय बनाउन सात वटै पालिका संयोजक तोकिएको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ ।
भेरी नगरपालिका संयोजक पार्टी सचिव तेजविक्रम शाह, नलगाड नगरपालिका संयोजक पार्टी सह सचिव छवि पन्त, बारेकोट गाउँपालिका संयोजक महेन्द्रबहादुर शाह, शिवालय गाउँपालिका खड्क विसी, छेडागाड नगरपालिका संयोजक खड्क विसी, जुनीचाँदे गाउँपालिका संयोजक सर्पराज रावत, कुशे गाउँपालिका संयोजक पार्टी सचिव हरिचन्द्र बस्नेतलाई तोकिएको सभापति वेदराज सिंहले जानकारी दिए ।
















































। ७ माघ २०७८, शुक्रबार