

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८ सय ७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७ सय ३० र १० हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।
















































। ४ माघ २०७८, मंगलवार