सत्ता गठबन्धन पाँच दलहरुको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज

काठमाडौं। सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ। बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो। स्थानिय तहको चुनावको मिति घोषणा गर्न सरकारमाथि दबाब बढिरहेको बेला सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको आजको बैठकमा आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल हुनेछ। राष्ट्रियसभाको निर्वाचन यही माघ १२ गते हुँदैछ। आगामी जेठमा कार्यकाल सकिन लागेको स्थानिय तहको चुनाव बैशाखमै गराउन सरकारमाथि दबाब छ।

उता सत्ता गठबन्धनका मुख्य घटकहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन पर सार्ने र तीनै तहको निर्वाचन एकसाथ गराउनु पर्ने दबाव प्रधानमन्त्री शेरबहादुर देउवालाई दिईरहेका छन्। निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको निर्वाचनका लागि मिति समेत प्रस्ताव गरिसकेको छ।

तपाईको प्रतिक्रिया