
खलंगा । जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तिले महतारा संग उनको कार्यकालमा भएका गतिविधी र अबको उद्देश्यका विषयमा हाम्रो पहुँच डटकमकर्मी भुुपेन्द्र नेपालीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
१.यहाँलाई स्वागत छ ।
धन्यवाद ।
२.तपाईको पाँच बर्षिय कार्यकालमा भएका उपलब्धीहरु के के हुन ?
मेरो पाँच वर्षिय कार्यकालमा बारेकोट गाउँपालिका वडा नं. ५ को काउली बजार देखि वडा नं. ६ धुम सम्म सडक निर्माण, ढोरेनी लघु जलविद्युत आयोजना निर्माण, वडा कार्यालय भवन निर्माण, धर्तीगाउँमा स्वास्थ्य चौकीको स्थापना, नौमुली प्राथामिक विद्यालय सिनीखाराको भवनहरु निर्माण, ढोरेनी सिरारी हुँदै सागबारी सम्म नयाँ बाटो निर्माण, कार्कीगाउँ, धनखोला, धर्तिगाउँ, नौलापैना हुँदै धुमसम्मको खानेपानी आयोजना निर्माण जस्ता कामहरुलाई मैले उपलब्धीका रुपमा लिएको छु ।
३.तपाईले वडा अध्यक्ष बने पछि गरेको पहिलो काम के हो ?
निर्वाचनबाट निर्वाचित हुँन लगतै मैले विकास निर्माणका सामाग्रीहरु ढुवानी गर्न सहस बनाउनका लागि वडा नं. ५ काउली बजार देखि वडा नं. ६ को धुम सम्मको सडक निर्माणको काम गरेको थिए । जसले गर्दा अहिले विकास निर्माणका स्रोत साधानहरु ढुवानीका लागि सहज भएको छ ।
४.तपाईको वडा भित्रका जनताको अहिलेको अवस्था कस्तो ?
यहाँका जनताको अवस्था पहिलाको भन्दा पनि अलि परिवर्तन भएको छ । यस वडा भित्रका नागरिकहरु अहिले धेरै कुराहरुमा सचेत भएका छन् । विकासको अनुभुति गरिहेका छन् ।
५.धेरैले भन्छन्, तपाई फेरी वडाध्यक्ष बन्छु भन्नुहुन्छ रे यो साँचो हो ?
मेरो कार्यकालमा अधुरा रहेका कामहरुलाई पुरा गर्नका लागि भएपनि म आउँदो निर्वाचनमा फेरी वडाध्यक्षको उम्मेद्धावारी दिन चाहान्छ । पार्टीले अवसर दियो भने गत निर्वाचनमा जनताले विस्वास गरेर दिएको मतको भारा तिर्नका लगि भएपनि उम्मेद्धावारी दिन्छु भन्ने मेरो सोच छ ।
९.फेरी तपाईको नै उम्मेद्धावारी किन अरुलाई अवसर दिदाँ हुँदैन् ?
अरुलाई अवसर दिनु हुँदैन भन्ने मेरो विचार होईन्, अवसर अरुलाई दिनुपर्छ । मसंग राजनैतिक अनुभव नभएको हुँदा जनताको केही आवश्यकता पुरा गर्न सकिन । जनताको आवश्यकतालाई पुरा गर्नका लागि मलाई फेरी अवसर दिनुहोस् भन्ने हो । विकास भयो गाउँको केही अनुहार फेरीयो । सडक, बाटो, पानीधारा, विद्यालयका भवन, स्वास्थ्य कार्यालयका भवन सबै फेर बदल भए । तर स्थानीयको अवस्था अझै फेरीन सकेको छैन् । हामीले हाम्रो वडालाई भौगोलिक रुपमा त विकास गरियौं तर जनताको जीवनस्तर उन्नतका लागि आउँदो निर्वाचनमा मेरो उम्मेद्धावारी रहेन छ ।
७.तपाई आफ्नो उद्देश्य अनुसाको काम गर्न नसक्नुको मुख्य कारण के होला ?
उद्देश्य पुरा नहुनुको खास कारण भनेकै आर्थिक अभाव हो । वडा कार्यालयबाट जनताको आवश्यकता अनुसारको योजनाहरु छनोट गरेका हुन्छौं गाउँपालिका संघीय सरकारले वजेट विनियोजन नगर्नु हो ।
















































। ३ माघ २०७८, सोमबार