भेरीका अङ्ग्रेजी शिक्षकलाई क्षमता विकास तालिम

No description available.
प्रेम विश्वकर्मा
जाजरकोट । भेरी नगरपालिकाले अङ्ग्रेजी शिक्षकलाई क्षमता विकास तालिम दिएको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा पढाउने प्रा.वि., नि.मा.वि र मा.वि तहका अङ्ग्रेजी शिक्षकलाई दुई दिने तालिम दिइएको हो ।

सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी विषयमा प्रभावकारीता बढाउन र शिक्षकहरुको क्षमता विकास गर्न सो तालिम सञ्चालन गरिएको हो । भे न पा ३ थकाली होटेलमा सञ्चालन गरिएको कार्यक्रममा नगरपालिका भित्रका करिव २५ जना अङ्ग्रेजी शिक्षकहरुको सहभागिता रहेको थियो ।

आफ्नो करिब २५ बर्ष लामो शिक्षण पेषाको अनुभव सुनाउदै दुई दिनको तालिमबाट निकै प्रभावित भएको त्रिभुवन माध्यमिक विद्यालय खलंगाबाट सहभागि भएका शिक्षक राम प्रसाद घर्तिले बताउनु भयो ।

त्यस्तै भेरी त्रिवेणी मा वि रिम्नाबाट सहभागि शिक्षकले नगरपालिकाले आयाृेजना गरेको कार्यक्रम निकै प्रभावकारी रहेको र अझ अहिलेको पाठ्यक्रम अनुसार यस्ता खाले तालिमहरु आगामी दिनहरुमा पनि सञ्चालन गर्न आह्वान समेत गर्नुभयो ।

अन्य विद्यालयका सहभागिहरुले पनि कार्यक्रम निकै फलदायक रहेको बताएका छन् । नगरपालिकाको समग्र शिक्षा क्षेत्रमा पालिकाले मात्र चाहेर गुणस्तर शिक्षा बनाउन नसक्ने र त्यसको लागि शिक्षक लगायत समग्र नगरवासीको भुमिका महत्वपूर्ण हुने शिक्षा,यूवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले बताएका छन् ।

साथै आगामी दिनहरुमा पालिकाको शिक्षामा गुणस्तर बनाउन यस्ता खाले तालिमको आयोजना पनि गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । पुष २९ र ३० गते सञ्चालन गरिएको तालिमको प्रशिक्षण त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत सल्यानका मनिराम शर्माले दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया