कुशेमा ट्याक्टर दुर्घटना हुँदा एक शिक्षकको मृत्यु

No description available.

खलंगा । जिल्लाको कुशे गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई  जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका पैंक देखि सदरमुकाम खलंगा तर्फ आउदै गरेको ०३००१ त २०२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुशे गाउँ ५ ढिमे निवासी ओम प्रकाश मल्ल र वडा नं ५ खुर्पा  निवासी मानबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृतक मल्ल श्री सरस्वती प्राथामिक विद्यालय बाटुलेका प्रधानध्यापक समेत हुन् ।

बुधबार राती हावाहुरी चलेको हुँदा हावा हुरीको कारण ट्क्टर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोका डिएसपी मधुकुमार थापाले बताएका छन्  ।

तपाईको प्रतिक्रिया