हातले वोर्ड बनाएर रात कटाएका मोहन,अहिले लाखौंको कमाई गर्छन्


कालीबहादुर नेपाली
जाजरकोट । भनिन्छ, ‘आफुलाई रुचि लागेको काम गर्दा जिन्दगीभर सफल भईन्छ’ वि.स. २०४० साल मंसिर ११ गते वुवा कृपाल खड्का र आमा नन्दकला देवी खड्काको कान्छो छोराको रुपमा भेरी नगरपालिका २ मा मोहन खड्काको जन्मभयो ।

कक्षा एक देखि एस.एलसी सम्म गाउँकै शंकर भवन माद्यामिक विद्यालय बाहुनथानमा उनी पढे । विद्यार्थी जीवनमा उनी चित्रकलामा निकै रुचि राख्थे । तर अवसर नपाएर उनको प्रतिभाले स्थान पाएको थिएन् । उनका दाईले कापीमा चित्र कोथ्र्ये । त्यही चित्रलाई उनी पछि जस्ताको त्यस्तै दाईले बनाएको भन्दा राम्रो बनाउथे । उनी पढाईमा पनि उत्तिकै मिहिनेती र जेहेन्दार थिए । विद्यालयमा कहिल्यै दोस्रो भएनन् ।

२०६१ सालमा एस.एलसी सम्मको पढाई गाउँको विद्यालय बाट सकेर उच्च शिक्षा हाँसिलका लागि सदरमुकाम स्थित भेरी ज्ञानोदय क्याम्पसमा भर्ना भए । त्यहाँ उनले आई.एम. सम्मको पढाई गरे । त्यहाँ पढ्दा उनी सहित दुई जना विद्यार्थी मात्रै फाईनल परीक्षामा पास भएका थिए । पढाई संगै उनी आफुले चाहेको चित्रकला ( आर्ट) समेत सिक्न चाहान्थे ।

सानै देखि चित्रकलामा रुचि भएका उनी पछि ज्ञानोदय क्याम्पसमा पढ्दै देवी आर्टमा सिक्न थाले । त्यहाँ उनी अरुको भन्दा निकै राम्रो काम गथ्र्ये । उनले हातले लेखेका साइन वोर्ड अरुले बनाएका भन्दा बढी ग्राहकले रुचाउथ्र्ये । उनी आफैले आर्ट सम्बन्धी पसल खोलेर बस्न चाहान्थ्र्ये, तर आर्थिक अभावका कारण व्यवसाय सञ्चालन गर्न नसकेको उनले बताए ।

२०६५ सालमा उनले भेरी नगरपालिका ४ मा खुद्रा पसल खोले । खुद्रा पसलको व्यापार पनि ठिकै थियो । पहिले देवी आर्टमा काम गर्दा रुचाएका सबै ग्राहकहरुले उनलाई साईन बोर्ड लेख्न, होडिङ्ग बोर्ड बनाउन, सूचना पार्टीमा लेख्ने जिम्मा दिन थाले । खुद्रा पसलको साहुजी भएपनि उनको लेखन शैली देखेर सबै ग्राहक उनी संगै आउथे ।

खुद्रा पसल बाट महिनौ भएको कमाई आर्ट बाट एक हप्तामै कमाउथे । उनले भने, ‘खुद्रा पसल बाट महिना दिनमा कमाउने, आर्ट सर्भिस बाट हप्तामै कमाईन्थ्र्याे, पहिलो पटक १८ हजार जतिको काम गरे, दोस्रो पटक २७ हजार जतिको काम गरे ।’ आर्ट सर्भिस बाट राम्रो कमाई हुने भएपछि उनले आर्ट सर्भिसका धेरै काम गर्न थाले ।

२०६६ सालमा जातिय विभेद, विसंगति,कुरिति विरुद्धका जनचेतनामुलक सन्देश सहितका सामग्री चोकचोकमा बनाए । त्यसपछि अझै उनको चर्चा चुलियो । आर्ट सर्भिस बाट राम्रो कमाई हुने भएपछि उनले तत्कालिन अवस्थामा रहेको खुद्रा पसल घरवेटी साहुलाई बेचेर २०६६ सालमा मुनलाईट आर्ट सर्भिस नामको पसल खोले ।

‘मैले नाम के राख्ने भनेर सोचे, मेरो नाम मोहन भएकोले मुनलाईट आर्ट सर्भिस राखे, त्यसपछि त्यहाँ बाट हामीले जिल्लाभरका गाविस, कार्यालय सबैका विभिन्न कामहरु ग¥यौं, सबैले मन पराउनुभयो उनले भने, त्यतिवेला विभिन्न कामका लागि सुर्खेत बाट अजय वडलाई ल्याएका थियौं, उनलाई मासिक ५० हजार तलव दिएका थियौं ।’

२०६८ सालमा आर्ट सर्भिस संगै मुनलाईट फोटो स्टुडियो समेत खड्काले खोले । चार महिना सम्म फोटो स्टुडियो चलाउने प्रयास गरे । स्टुडियो बाट खासै राम्रो कमाई भएन् । त्यसपछि उनले फोटो स्टुडियो छोडेर आर्ट सर्भिर तिर लागे । आर्ट सर्भिसको काम पनि उनको टीमले गरिरहेको थियो । केही समयपछि हातले लेखेको भन्दा बजारमा डिजिटल रुचाउन थाले । अरु भन्दा छिटो, छरितो, राम्रो बनाउने भएकोले सबै काम उनी तिर आउन थाले । २०७२÷०७३ सालमा कम्प्यूटर बाट प्रिन्ट गर्न उनी नेपालगञ्ज धाउन थाले ।

विल, भरपाई, साईन बोर्ड, कार्ड छपाई लिएर । त्यतिवेला जाजरकोट बाट नेपालगञ्ज जान समेत धेरै कठिन हुने गथ्र्याे । ठाउँठाउँमा गाडी चेन्ज गर्नुपर्ने पीडाले उनी हैरान थिए । त्यसपछि २०७४ सालमा आफै घर लोनमा राखी ऋण काढेर नेपालगञ्ज बाट हुने काम जाजरकोटमै गर्छु भनेर सपना देखेर लागे । त्यसपछि उनी सफल भए ।

नेपालगञ्ज बाट हुने सबै काम यही गर्न थालेपछि उनले धेरै सफलता पाए । अहिले मुनलाईट डिजिटल प्रिन्ट हाउस दुई ठाउँ बाट सञ्चालित भएको छ । जिल्ला कारागारा जाजरकोट नजिकै कार्यालय छ भने सम्पर्क कार्यालय सिटिजन बैंक नजिकै रहेको छ ।

जागिर छोडेर आर्टतिर
२०६४ सालमा उनी धौलागिरी सोलार कम्पनीमा मासिक ४ हजार ५ सय मा जागिर गथ्र्ये । काठमाडौं मन्डप महलमा भएको सोलार कम्पनीको सातौं सम्मेलन बाट नेपालभरी आवश्यक जम्मा ११ जना भेरिफिकेशन टिममा छनौट भई २०६५ सालमा मासिक १५ हजार तलव क्यामेरा तथा आवश्यक पर्ने बन्दोबस्तीको समान सहित नियूक्ति पाएका थिए ।

तर विविध कारणले जागिर खान जान नपाएको गुनासो गरे । जागिर खान नपाएपनि उनीले फेरी आर्ट कलालाई नै प्राथमिकतामा राखेर काम गरे । रातभरी हातले साईन वोर्ड लेखेर उनले धेरै पैसा कमाउन थाले । जस्तोसुकै परिस्थितिलाई सहजताका साथ लिने खड्का सफल व्यवसायी हुन् ।

उनी जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटका कोषाध्यक्ष समेत भईसकेका छन् । उनले भने, ‘मैले रातभरी साइन बोर्ड बनाएर हातमा डाम समेत भएका थिए, तर कामलाई कहिल्यै पनि छोडिन् ।’

मासिक २ लाख कमाई
मुनलाईट डिजिटल प्रिन्ट हाउसका प्रबन्ध निर्देशक समेत रहेका मोहनले अहिले मासिक २ लाख भन्दा बढी कमाई हुने बताए । हाल जिल्लाका सात वटै स्थानीय तहका विभिन्न काम, सरकारी निकायका लेटरप्याड, छाप, साईन बोर्ड, छपाई सम्बन्धीका सबै काम प्रिन्ट हाउस मार्फत हुने गरेको छ ।

बार्षिक ७० लाख भन्दा बढी कमाई हुने गरेको छ । उनले भने, ‘हाम्रो मासिक २ लाख भन्दा कमाई हुन्छ, छपाई सम्बन्धीका सबै कामहरु हाम्रो बाट हुने गरेको छ ।’

उनको प्रिन्ट हाउसमा ११ जना कर्मचारीले काम गरिहेका छन् । उनीहरुले मासिक २५ हजार सम्मको तलव सूविधा लिईरहेका छन् । हातले साईन बोर्ड बनाएका उनी अहिले कम्प्यूटर प्रविधि मार्फत काम गरिरहँदा निकै खुशी भएका छन् । पहिले दिन लगाएर गर्ने काम अहिले घण्टामा सकिने भएपछि काममा निकै तिव्रता आएको उनले बताए ।

अहिले वैदेशिक रोजगारमा जाने नेपाली यूवाहरुको संख्या धेरै छ । उनी भन्छन्, ‘काम गरौं भनेर लाग्ने हो भने विदेश जानुपर्दैन्’ हामीले केही गरौं भन्ने सोचका साथ काम गर्न थाल्यौं भने वैदेशिक रोजगारमा जानु नपर्ने उनले बताए ।

हामीले आफ्नो देशमा केही गर्ने सोच राखेमा राम्रो सम्भावना भएको समेत बताए । अव आफुले जाजरकोटमा सबैभन्दा ठूलो प्रिन्ट हाउस सञ्चालनमा गर्ने तयारी रहेको बताए । जाजरकोट जिल्लामा यूवाहरु मिलेर केही गरौं भने सोचका साथ लागेमा देश समृद्धिको बाटोमा जाने खड्काले बताए ।
नेकपा एस भेरी कमिटीको अध्यक्ष
खड्का सफल व्यापारी मात्र होइनन् सफल राजनीतिक दलको नेता समेत हुन् । उनी नेकपा एकीकृत समाजवादी जाजरकोटको भेरी नगर कमिटी अध्यक्ष समेत हुन् । देशमा पछिल्लो समय राजनीतिक दलहरुले जनता प्रति विश्वास नगरेका कारण सही पार्टी रोज्नुपर्ने समेत बताए ।

व्यवसायी क्षेत्रमा समेत राजनीतिक प्रभाव बढेकोले राजनीतिक क्षेत्रमा प्रवेश गरेको बताए । ‘मलाई राजनीतिक क्षेत्रमा प्रवेश गराउने नेता कमान खड्काको ठूलो प्रेरणा छ, उनले भने, राजनीतिक संगै समाजसेवामा समेत प्रवेश गर्ने बताए ।’ आफुले छोराछोरीले सक्ने जति पढाउने समेत खड्काले बताए ।

तपाईको प्रतिक्रिया