जाजरकोटमा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य


खलंगा । जाजरकोटका सबै विद्यालय विहीबार देखि माघ १५ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र ( डिसिसिएमसि) को आज ( बुधबार) बसेको वैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा बसेको बैठकले परीक्षा भईरहेको विद्यालयको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गराउन समेत आग्रह गरिएको छ । माघ ७ गते देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्डको अनिवार्य व्यवस्था हुनुपर्ने समेत निर्णय गरिएको प्रजिअ देवकोटाले जानकारी दिए ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, यातायात क्षेत्रमा चालक सह चालक यात्रुले नियमित मास्कको प्रयोग गर्ने, यात्रु प्रवेश गर्ने ठाउँमा अनिवार्य सेनिटाईजरको व्यवस्था गर्ने लगायतका निर्णय भएको देवकोटाले बताए । पछिल्लो समय देशभर कोभिड १९ को प्रभाव बढीरहेको छ ।

डिसिसिएमसीका निर्णयहरु

No description available.

तपाईको प्रतिक्रिया