
सुनिल सिंह
डोल्पा । नेपाल कम्युनिस्ट पार्टी (विप्लप) डोल्पाले जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ । सोमबार मुड्केचुला गाउँपालिकामा रहेको सहिद स्मृति भबनमा नेपाल कम्युनिस्ट पार्टीले कार्यालय उद्घाटन गरेको हो । नेकपा (विप्लप) जिल्ला जनसरकार प्रमुख अंकको अध्यक्षतामा डोल्पा जिल्ला सेक्रेटरी धमिलको प्रमुख अथितिमा उक्त कार्यक्रम उद्घाटन भएको हो ।
उक्त कार्यक्रममा बोल्दै गर्दा अखिल (क्रान्तिकारी )डोल्पा जिल्ला संयोजक बिशालले इतिहासमा जसरी आफ्नो अधिकार प्राप्तिका लागि हजारौं बिद्यार्थी युवाले बिद्रोह गरेका थिय त्यसरी नै आज हरेक बिद्यार्थीले जीवन व्यवहारमा लागु हुने जीवन, जगत बुझ्ने खालको वैज्ञानिक व्यवहारिक प्राबिधिक र सर्भसुलभ शिक्षा प्रणाली बैज्ञानिक समाजवाद बाट मात्र सम्भव रहेको र दलाल संसदिय ब्यबस्थाबाट सम्भावना नभएको भनाई व्यक्त गरेका थिए । मृत्युको डर देखाएर बल प्रयोग गरेर हाम्रो आवाज दबाउन खोजिदै छ बलिदानको कोटा पुर्ति गर्ने भावको साथ अघि बढ्दै गरेका लाल योद्धा हरु बलिदान गर्न तयार भएको बताउनु भयो तर बिचार मा प्रतिबद्ध व्यक्त गरेका थिए ।
कार्यक्रमको सन्चालन युवा संगठन नेपाल का केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज सागरले गरेका थिए । कार्यक्रममा अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधि हरुको पनि उपस्थिति रहेको नेकपा (विप्लप) डोल्पा जिल्ला कमिटीले बताएको छ ।
कार्यक्रममा प्रमुख अथिति धमिलले जनताको मुक्तिको निमित्त बैज्ञानिक समाजवाद स्थापना को निमित्त जनमत संग्रह मा जानुपर्ने, नेता पद र प्रतिष्ठा,गुट र लुटको दलदलमा फसेको संसदीय व्यवस्थाको चुनाव प्रणाली खारेज गर्नु पर्ने जिल्लामा रहेका हरेक भ्रष्टाचार बिकृति र बिसंगति का बिरुद्ध गर्ने, गलत बिचार हुनकै कारण जनयुद्धका उपलब्धि मुलक सेना जनसरकार र संरचना गुम्न पुगेको र नेपाल कम्युनिस्ट पार्टीको बिचार र कार्य दिसा सहि भएको कारण हिजोका संरचना हरुलाई बचाउने र सुधार गरेर लिने लक्ष्यमा जनयुद्धको संरचना सहिद स्मृति भबनमा कार्यालय उद्घाटन गरेर हिजोका सपना र लक्ष्यमा पुग्न बैज्ञानिक समाजवाद स्थापना नहुन्जेल निरन्तर क्रान्ति भईरहने बताए ।
उक्त कार्यक्रमका सभाअध्यक्ष अटलले कार्यक्रममा बोल्दै गर्दा दलाल सरकारले पैसाको भरमा न्याय बेच्ने क्रम जारी रहेको छ । जनता अन्यायमा पर्दा थुप्रै काम कारबाही गर्दै जाँदा जेल हिरासत झुट्टा मुद्दा लगाएर जनताको आवाजलाई प्रतिबन्धित गरेको र हामी जनताको अधिकारको आवाज बोल्ने क्रममा जेल जीवन भोक्दा निरास भन्दा पनि थप संघर्ष गर्न सक्ने साहस बढेको थियो । सरकारबाट जनताले पाउन नसकेको न्याय जनअदालतबाट पाउने कुरा प्रस्ट व्यवहारमा लागू भएको छ ।
जनतालाइ ठेक्का द्वारा ठगेर श्रम शोषण गर्ने विभिन्न राजनीति दलका नेताहरुको बिरुद्धको मुद्दा जनअदालतमा आउने गरेको समेत जानकारी गराएका थिए । अब गाउँगाउँ मा जनसरकार गठन गरेर भ्रष्टाचार, बिकृति र बिसङ्गतिको बिरुद्ध संघर्ष गर्ने र अन्त्यमा पार्टी धुर्बिकरण गरेर नेपाल कम्युनिस्ट पार्टीको नीति र लक्ष्यमा आधारित रहने प्रतिवद्धता गर्दै कार्यक्रम सम्पन भएको थियो ।
















































। २६ पुष २०७८, सोमबार