एमाले जाजरकोटको अध्यक्षमा दाजुभाइ विच प्रतिस्पर्धा हुने

खलंगा । नेकपा (एमाले ) जाजरकोटको अध्यक्षमा दुई जना वीच प्रतिस्पर्धा हुने भएको छ । वहालवाला पार्टी अध्यक्ष करवीर शाही र खिमबहादुर शाही विच प्रतिस्पर्धा हुने भएको हो । सहमतिको प्रयास असफल भएपछी निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने तयारी भैरहेको छ । मनोनयन दर्ता गरेका कालू हमाल र वेदबहादुर शाहीले मनोनयन फिर्ता लिसकेका छन् । केही समयपछि निर्वाचन प्रक्रिया हुने छ । ४ सय ३७ प्रतिनिधि रहेका छ्न् । वडा देखि पालिका सम्म सर्वसहमत गरेको एमालेले भने जिल्लामा सहमतिमा भने जुट्न सकेन् । अध्यक्षका दावेवार खिमबहादुर शाही र करवीर शाही दाजुभाइ हुन् ।

तपाईको प्रतिक्रिया