मनकारी नविन : पैंक बाट खलंगा आउन जान निशुल्क यातायात सेवा

No description available.

                                                      नागरिकता बनाउन आएका सर्वसाधारण संग नवीन

खलंगा । जिल्लाको कुशे गाउँपालिका ९ पैंकका स्थानीयले गाडीमा निशुल्क आवतजावत गर्न पाईरहेका छन् । वडा भित्रका नागरिकलाई नेपाली नागरिकताको परिचय पत्र र मतदाता नामावलीमा नाम भर्न जिल्ला सदरमुकाम सम्म आउन महंगो भाडा तिर्नुपर्ने भएकोले निशुल्क सेवा सुचारु गरिएको हो ।

यो व्यवस्था न प्रदेश सरकारले गरेको हो, न संघीय सरकार नत स्थानीय सरकारले नै गरेको हो । वडावासीको समस्यालाई बुझेर सोही वडाका समाजसेवी एवं यूवा नेता नवीन कुमार सिंहले यो निशुल्क सेवा सुचारु गरेका हुन् । उनी भन्छन्, ‘यहाँ बाट सदरमुकाम खलंगा सम्म आउन जान यहाँका बासिन्दाले १० हजार भन्दा बढी रकम तिर्नुपर्छ, जनताको आवश्यकता हेरेर मैले यो सेवा सुचारु गरेको हुँ ।’

नेपाली नागरिकताको प्रमाण पत्र लिन, मतदाता नामवलीमा नाम लेखाउन, नयाँ बनाउन नपाएका स्थानीयहरुलाई सिंहले निशुल्क यातायात सेवा सुरु गरेका हुन् । कुशे गाउँपालिकाको पैंक बाट खलंगा आउन र जान गरी १० हजार भन्दा बढी खर्च हुने गरेको स्थानीय जयप्रसाद आचार्यले बताए ।

No description available.

उनले भने, ‘हामीले महंगो भाडा तिर्नुपरेकोले नागरिकता समेत बनाउन पाएका थिएनौ, नवीन सरले निशुल्क यातायात सेवा सूचारु गर्दा हामी नागरिकता बनाउन सदरमुकाम आएका छौं, घरमा भएको खसी भन्दा बढी मुल्य सदरमुकाम खलंगा आउने जाने लाग्छ ।’ यस्तो अवसर प्रदान गर्ने उनलाई सबैले चिन्नुपर्ने समेत बताए ।

गाउँघरमा नागरिकता र मतदाता नामावली संकलनको टोली नगएको गएको वेला पनि हामी छुटेका थियौं, अहिले बनाउनको लागि महंगो भाडा तिर्नुपर्दा नागरिकता बनाउन बाट वञ्चित हुने अवस्था सिर्जना भएको स्थानीय भुपेन्द्र गिरीले बताए । उनले भने, ‘तर अहिले यो समस्यालाई समाधान गर्न नविन दाजुले सुरु गरेको निशुल्क सेवा पाएर नागरिकता बनाउन आएका छौं ।’

उनी जस्तै कुशे गाउँपालिकाका विपन्न तथा गरिव परिवारहरु निशुल्क यातायातको सेवा सुविधा पाएर खुशी व्यक्त गरेका छन् । यहाँका जनताको सेवामा स्थानीय सरकारले खासै चासो नदेखाएको नविन सिंहले बताए ।

गाउँमा यातायात पुगेपनि यातायात व्यवसायले मनपरी भाडा लिर्दै आएका छन् । निशुल्क गाडीको सेवा मात्रै होइन उनले गाउँपालिका भित्रका गरिव, अशक्त तथा विपन्न परिवारलाई राहत समेत वितरण गर्दै आएका छन् ।

नेपाली नागरिकताको प्रमाण पत्र तथा मतदाता नामावलीमा नाम भर्न सदरमुकाम सम्म जान तथा गाउँमा फर्कन निशुल्क सेवा दिईरहेको हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

अति विकट वडा भएकोले कामका लागि सदरमुकाम जाँदा पैसा कार्नु पर्ने परिस्थितीलाई बुझेर यातायात भाडामा आउने जाने सबै निशुल्क सेवा सुरु गरेको उनको भनाई छ । २०७४ सालमा नविन कुमार सिंह माओवादी केन्द्र बाट वडाध्यक्षको उम्मेदवारीमा पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया