
नेकपा ( एमाले) जाजरकोटको उप–सचिवमा गोपाल बहादुर नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन समितिले मनोनयनका लागि ताकेको समयमा नेपालीले उप– सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सहमति बाट नेतृत्व चयन असफल भएपछि अन्तिममा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन हुने भएको छ ।
छैटौं जिल्ला अधिवेशन बाट सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेपनि नेपालीले सबैलाई स्थान दिनुपर्ने सोचका साथ सचिव बाट पछि हटेको बताइएको छ ।
विद्यार्थी राजनीति बाट एमालेको राजनीतिक यात्रा सुरु गरेका उनी यूवा पिढीको निकै आशा केन्द्रविन्दु समेत मानिन्छन् । सामाजिक सञ्जाल मार्फत गोपाल नेपाली नै उप सचिवमा आउनुपर्ने माग सहित यूवाहरु प्रचारमा लागिरहेका छन् ।
पार्टीको सिद्धान्त, मार्गदर्शनलाई पालना गर्दै जस्तोसुकै परिस्थितीमा पनि पार्टी बचाउ अभियानमा लागेका नेपालीलाई उप सचिवमा जिताउन सबैले पहल गर्नुपर्ने यूवा नेता अशोक कुमार सिंहले बताए । गोपाल खीमबहादुर शाहीको प्यानल बाट उम्मेदवार बनेका छन् ।
नेपालीको राजनीतिक इतिहास
२०५९ सालमा अनेरास्ववियु त्रिभुवन मा. बि खलंगा जाजरकोटको प्रा.क. सह सचिब ।
२०६१ सालमा अनेरास्ववियु जाजरकोटको सह सचिब ।
२०६२ सालमा अनेरास्ववियु भेरी ज्ञानोदय क्याम्पस प्रा . क . उपाध्यक्ष ।
२०६२ साल फाल्गुन २२ गते भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको उप सभापतिमा अनेरास्ववियुको प्यानलबाट निर्बाचित ।
२०६४ सालमा राष्ट्रिय जन सास्कृतिक मन्च जाजरकोटको अध्यक्ष ।
२०६५ सालमा अनेरास्ववियु भेरी अन्चल समन्वय कमिटी सद्स्य ।
२०६८ सालमा युबा संघ नेपालको केन्द्रीय अनुशासन आयोगको सद्स्य
२०६९ सालमा नेकपा (एमाले) जाजरकोटको सद्स्य ।
२०७४ साल वैसाख ३१ गते नेकपा (एमाले) को तर्फबाट कुशे १ मा काङ्ग्रेस , माओवादी , माक्र्सवादी र राप्रपाको गठबन्धन लाई प्रास्त बनाएर वडा अध्यक्ष निर्बाचित ।
२०७१ साल अषाढमा काठमाडौमा सम्पन्न नेकपा ( एमाले) को ९ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि ।
पुन २०७५ सालमा नेकपा कालिन ( नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटको जिल्ला कमिटी सद्स्य ।
२०७३ सालमा नेपाल ट्रेड युनियन महासङ (जिफनट) जाजरकोटको अध्यक्ष
२०७५ सालमा (जिफन्ट) कर्णाली प्रदेश सचिवालय सदस्य ।
२०७७ माघ मा पार्टी संकटको बेला जिल्ला सचिबको रुपमा ७ महिना काम गरेको
हाल नेकपा एमाले जिल्लाका कमिटी सदस्य
नेकपा (एमाले) को २०७८ को गोदावरीमा सम्पन्न प्रथम बिधान महाधिबेशन प्रतिनिधि ।
भरखरै सम्पन्न नेकपा(एमाले) को १० औं राष्ट्रिय महाधिवेशन मन्सिर १० देखि १२ चितवनको प्रतिनिधि ।
केन्द्रीय सदस्य, नेपाल उत्पीडित जातीय मुक्ति समाज
अन्य संघ संस्थामा आवद्धता
वडाध्यक्ष, कुशे गाउँपालिका वडा १
अध्यक्ष, राष्ट्रिय दलित नेटवर्क जाजरकोट
केन्द्रीय सदस्य, दलित गैसस महासंघ नेपाल
मन्त्री, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोट
















































। २६ पुष २०७८, सोमबार