यस कारण उपसचिवका बलियो उम्मेदवार हुन एन.बी बस्नेत

जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जाजरकोटको नयाँ नेतृत्व निर्वाचनबाट चयन हुने भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि गरिएको लामो प्रयास असफल भएपछि आज मतदान हुन लागेको हो ।

आज हुने निर्वाचनमा पार्टीको उपसचिव पदका लागि प्रभावशाली युवा नेता नर बहादुर बस्नेत (एन.बी) ले मनोनयन दर्ता गराएका छन् । जाजरकोटको राजनीतिमा शसक्त युवा नेताको पहिचान बनाएका बस्नेत एमाले भित्र निकै लोकप्रिय नेताको रुपमा स्थापित छन् ।

शसस्त्र युद्धको बेला पार्टीको युवा विद्यार्थी फाँटको जिम्मेवारीमा रहेका बस्नेत एमाले जाजरकोटको सफल जनवर्गिय संगठन प्रमुखको रुपमा चर्चित छन् । तत्कालिन माओवादीको शसक्त संगठन वाईसिएल संग पटकपटक एक्लै मुकाविला गरेर चर्चामा आएका उनले पार्टी संगठन जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

लामो समय विद्यार्थी राजनिति गरेका बस्नेत एमालेको गत जिल्ला अबिधेशनमा सर्वाधिक मत प्राप्त गरेर जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

यस अघि जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका बस्नेतले अहिलेको निर्वाचनमा पनि भारी मतका साथ निर्वाचित हुने विश्वास व्यक्त गरे । तीन कार्यकाल जिल्ला खेलकुद विकास समितिको अध्यक्ष बनेका बस्नेतलाई जिताउन अधिकांश युवा विद्यार्थी लागि परेका छन् ।

एमाले जाजरकोटको नेतृत्वका लागि वर्तमान अध्यक्ष करबीर शाही र खिम बहादुर शाही प्यानल बनाएर निर्वातनमा होमिएका छन । यस अघिको जिल्ला अधिवेशनमा करबीर शाहीलाई अध्यक्ष बनाउन प्रमुख भुमिका खेलेका बस्नेत अहिले पनि सोही प्यानलबाट उपसचिवको उम्मेदवार बनेका हुन् ।

उप–सचिवमा बस्नेत किन ?

नेकपा ( एमाले) जाजरकोटको उप –सचिवमा नरबहादुर बस्नेत ( एन.वि) ले उम्मेदवारी दर्ता गरेका छन् । आईतबार निर्वाचन समितिले तोकेको सयम सिमा भित्र बस्नेतले उम्मेदवारी दर्ता गरेका हुन् ।

विद्यार्थी काल देखि राजनीतिक यात्रा शुरु गरेका बस्नेत अहिले एमाले जाजरकोटका सक्रिय नेताका रुपमा परिरिचत छन् । पार्टी भित्र रक्षकका रुपमा समेत चिनिन्छन् ।

माओवादी जनयूद्धको वेला पार्टी कमजोर हुदाँ उनले यूवा परिचालन गरी पार्टीको रक्षकका रुपमा काम गरेका थिए । राजा ज्ञानेन्द्रले गरेको कु का विरुद्ध आन्दोलन गर्दा तत्कालिन पार्टी सचिव डम्बरबहादुर सिंह संग प्रहरी हिरासतमा बसेका थिए ।

२०६२÷०६३ को जनआन्दोलनमा बस्नेतले पार्टीको तर्फ बाट यूवा परिचालन गरी महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

समाजमा हुने विकृति विसंगतिका विरुद्ध आवाज उठाएर खबरदारी गर्दै आएको देखिन्छ ।
विभिन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बस्नेत यूवा पिढीका निकै लोकप्रिय नेताका रुपमा परिचित छन् ।

बस्नेतको राजनीतिक इतिहास
२०५५ सालमा रुकुम जिल्ला स्थित शितल मा.वि. प्राक कमिटी अध्यक्ष
२०५७ सालमा त्रिभुवन मा.वि खलंगा अनेरास्ववियु अध्यक्ष
२०५९ सालमा अनेरास्ववियु जिल्ला कमिटी सचिव
२०६४ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष

अनेरास्ववियु राष्ट्रिय सम्मेलन १६ औं देखि १७ औं सम्म जिल्ला बाट सम्मेलनमा सक्रिय सहभागी
१७ आंै अनेरास्ववियु राष्ट्रिय सम्मेलन बाट केन्द्रिय सदस्य मा निर्वाचित ,
अखिलको इतिहासमा पहिलो केन्द्रिय सदस्य
दुई कार्यकाल सचिवालय सदस्य , नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष

तपाईको प्रतिक्रिया