वेदबहादुर शाहीले पनि दिए एमाले जाजरकोटको अध्यक्षमा उम्मेदवारी


खलंगा । नेकपा ( एमाले) जाजरकोटको अध्यक्षमा वेदबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले जारी गरेको समय सीमा भित्र शाहीले मनोनयन दर्ता गराएका हुन् ।

सहमतिको प्रयास बाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने तयारी भईरहेको छ । यता अनेरास्ववियू र यूवा संघ नेपालले सहमति मार्फत नेतृत्व चयन गर्न माग गर्दै नारा जुलुस गरिरहेको छ । अध्यक्ष पदका लागि चार जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा खीमबहादुर शाही, करवीर शाही, वेदबहादुर शाही र कालु हमालले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिका संयोजक हेरम्वबहादुर शाहले जानकारी दिए । यस्तै, उपाध्यक्षमा गोपाल बटाला, नवराज सिंह, रिमबहादुर हमालले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा वीरबहादुर गिरी र नरबहादुर खत्रीको उम्मेदवारी रहेको छ । उप सचिवमा गोपालबहादुर नेपाली, नरबहादुर बस्नेत,रामबहादुर शाही, दयाराम न्यौपानेले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया